हुम्लाको अदानचुली गाउँपालिका स्थित कालिकामा नेपाल टेलिकमको फोरजी तथा टूजी सेवा सञ्चालन

  • Technology Khabar | १२ फाल्गुन २०८१, सोमबार
हुम्लाको अदानचुली गाउँपालिका स्थित कालिकामा नेपाल टेलिकमको फोरजी तथा टूजी सेवा सञ्चालन
हुम्ला जिल्लामा अवस्थित नेपाल टेलिकमको टावर। फाइल तस्बिर।

काठमाडौं ।

कर्णाली प्रदेशको हुम्ला जिल्लाको अदानचुली गाउँपालिका-५, कालिकामा नेपाल टेलिकमले फोरजी सेवा फाल्गुन ११ बाट सञ्चालनमा ल्याएको छ।

फोरजी सेवा सञ्चालनमा आए पश्चात् अदानचुली गाउँपालिका अन्तर्गतका वडा नं २, ३, ४, ५ र ६ का गाउँपालिका कार्यालय क्षेत्र, श्रीनगर, बारिगाँउ, कालिका, पाल्शा, बिगोठी लगायतका अधिकांश भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक ४जी सेवाबाट लाभान्वित भएका छन्।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...