Technology Khabar ९ फाल्गुन २०८१, शुक्रबार
काठमाडौं ।
एप्पलले आईफोन १७ को सबै मोडेलहरूमा सामसङ एम१४ ओएलईडी प्यानल प्रयोग गर्ने योजना बनाएको एक टिपस्टरले दावी गरेको छ। यस योजनामा दुवै नन्–प्रो मोडेलहरूको साथै आईफोन १७ एयर समावेश हुनेछन् र धेरै वर्षपछि पहिलो पटक एप्पलले आफ्ना सबै फोनहरूमा समान टप–टियर (शीर्ष–स्तरीय) प्यानल प्रयोग गर्न गइरहेको छ।
एम१४ प्यानलमा विशेष स्पेसियल लाइट–इमिटिङ लेयर (प्रकाश उत्सर्जन गर्ने तह), कमन लेयर्स (सामान्य तहहरू), र प्राइम लेयर्स (तहहरू) रहेको छन् जसले ओएलईडीमा व्यक्तिगत पिक्सेलहरू बनाउने छन्। विभिन्न सामग्रीहरूमा फरक गुणहरू हुन्छन् र विभिन्न रचनाहरू प्रयोग गर्दछन् जसले डिस्प्लेलाई शीर्ष स्तरमा पर्फम (प्रदर्शन) गर्न अनुमति दिनेछ।
सामसङले यसअघि नै एप्पललाई आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको लागि एम१४ डिस्प्ले प्रदान गरिसकेको छ। यी प्यानलहरूमा सन् २०२३ को एम१३ प्यानलको तुलनामा ३० प्रतिशत बढी उज्यालो र लामो जीवन हुने बताइएको छ। यद्यपि, नन्–प्रो मोडेलहरूले पहिलेको प्रविधि जस्तै एम१२ प्रयोग गर्थे जुन आईफोन १५ मा पनि देखा परेको थियो।
प्यानलको प्रो स्तरमा स्विच गर्दा सबै फोनहरूले सबै प्रो सुविधाहरू पाउनेछन् भन्ने ग्यारेन्टी भने नभएको उल्लेख गरिएको छ। १२० हर्ज रिफ्रेस दरको लागि एप्पलको नाम ‘प्रोमोशन’ अझै सस्तो मोडेलहरूका लागि लक हुन सक्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार