गुगलले आईओएसको गुगल एप र क्रोममा सर्कल टु सर्च ल्याउने

Technology Khabar ९ फाल्गुन २०८१, शुक्रबार

गुगलले आईओएसको गुगल एप र क्रोममा सर्कल टु सर्च ल्याउने
Global IME Bank

काठमाडौं ।

गुगलले आईओएसको गुगल एप र क्रोममा सर्कल टु सर्च ल्याउने भएको छ जसलाई गुगलले कुनै कारण नखुलाई “सर्च स्क्रिन विथ गुगल लेन्स” भन्ने फरक नाम चयन गरेको छ।

आईओएसका लागि क्रोम र आईओएसका लागि गुगल एप दुवैमा यो थ्री–डट मेनुमा अप्सन (विकल्प) को रूपमा देखा पर्नेछ। एकचोटि यसलाई सेलेक्ट (चयन) गरेपछि, “स्वाभाविक रूपमा आउने जेस्चर” प्रयोग गर्न सक्षम हुने उल्लेख गरिएको छ। उदाहरणहरूमा “ड्रइङ्ग, हाइलाइटिङ वा ट्यापिङ” समावेश छन्।

एन्ड्रोइडको सर्कल टु सर्चको तुलनामा मुख्य भिन्नता र यहाँको मुख्य चेतावनी भनेको यो क्रोम र गुगल एपमा नै सीमित हुने बताइएको छ। एप्पलले यसलाई कहिले पनि अनुमति नदिने भएकाले आईओएसमा यो सिस्टम–वाइड (प्रणाली–व्यापी) प्रयोग गर्न नसकिने उल्लेख गरिएको छ।

त्यसैले “स्क्रिनसट नलिइकन वा नयाँ ट्याब नखोली” यो सुविधा “ब्राउजिङ गर्दा द्रुत रूपमा भिजुअल सर्च गर्न” प्रयोग गर्न सकिने छ भनि गुगलले बताएको छ।

“आगामी महिनाहरूमा” क्रोमको एड्रेस बारमा एउटा नयाँ गुगल लेन्स आइकन हुनेछ जसले उही सुविधा अझ छिटो पहुँच गर्न दिने उल्लेख गरिएको छ।

गुगल लेन्सको साथ सर्च स्क्रन सक्षम गर्ने अपडेट यस हप्ता रोल आउट हुँदैछ र आईओएसको लागि क्रोम र आईओएसको लागि गुगल एपमा विश्वव्यापी रूपमा उपलब्ध हुनेछ।

गुगल लेन्सले अबजेक्ट (वस्तुहरू) पहिचान गर्न सम्बन्धित प्रश्नहरूको लागि गुगल सर्च जस्ता एआई ओभरभ्यूजहरू प्राप्त गरिरहेको गुगलले घोषणा गर्ने बताइएको छ। एआई ओभरभ्यूजले “तपाईले के हेरिरहनु भएको छ भनेर तुरुन्तै बुझ्न मद्दत गर्दछ” र तपाइँलाई “वेबमा उपयोगी स्रोतहरू” को लिङ्कहरू पनि दिनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार