Technology Khabar ९ फाल्गुन २०८१, शुक्रबार
काठमाडौं ।
गोप्रोले भर्खरै भारतीय बजारमा केही अत्याधुनिक प्रविधिको नयाँ क्यामराको घोषणा गरेको छ। उक्त मोडेल गोप्रोको नयाँ ३६० रेञ्जबाट नयाँ गोप्रो म्याक्स ३६० क्यामरा भएको बताइएको छ।
गोप्रो म्याक्स ३६० का विशेषताहरु
नामले सुझाव दिए जस्तै गोप्रो म्याक्सले ३६० ले यसको डुअल क्यामरा सेटअपको साथ ३६० रेकर्डिङ प्रदान गर्दछ। ३६० डिग्री मोडमा, प्रयोगकर्ताहरूले १६.६ मेगापिक्सेल रेजोल्युसनमा रेकर्ड गर्न सक्नेछन् भने ५.५ मेगापिक्सेलको हिरो मोड र ६.२ मेगापिक्सेलको पावरपानो पनि उपलब्ध भएको बताइएको छ।
साथै यसको सिङ्गल लेन्स रेकर्डिङबाट १४४०पी रेकर्डिङको लागि विकल्प पनि उपलब्ध हुने र ३६० डिग्री स्टिच गरिएको फुटेज ५.६के रिजोल्युसन सम्म जाने उल्लेख गरिएको छ। यसबाहेक फोरकेको पूर्ण कभरेजमा पहुँच पनि पाइने उल्लेख गरिएको छ।
नयाँ गोप्रो म्याक्स ३६० ६ वटा माइक्रोफोनहरू, विण्ड नोइज रिडक्सन र रः अडियो क्याप्चरको साथमा आएको उल्लेख छ। यसको रग्ड (बलियो) र वाटरप्रूफ डिजाइन (५ मिटर सम्म) को साथ प्रयोगकर्ताहरूले यसलाई प्रतिकुल वातावरणमा पनि प्रयोग गर्न सक्नेछन्।
त्यसैगरी एआई संचालित सुविधाहरूको सेटले अटोम्याटिक अब्जेक्ट ट्र्याकिङमा मद्दत गर्ने, सिनेम्याटिक क्याप्चरको लागि क्यामराएफएक्स, कीफ्रेमिङ, र एआई इडिटिङ टुल्स (सम्पादन उपकरणहरू) समावेश गरेको छ। यस बाहेक, लाइभ स्ट्रिमिङ, रिमुभेबल (हटाउन सकिने) इन्डुरो १९६०एमएएच ब्याट्री प्याक र अन्य धेरैका लागि समर्थन पनि उपलब्ध भएको बताइएको छ।
गोप्रो म्याक्स ३६० को भारतमा ३८,५०० भारतीय रुपैयाँको मूल्य ट्यागको साथ आएको छ। यो क्यामराहरू सन् २०२५ को अप्रिलदेखि यस क्षेत्रमा खरिदका लागि अफलाइन रिटेलरहरू, अमेज इन्डिया र फ्लिपकार्ट जस्ता अनलाइन प्लेटफर्महरूमा उपलब्ध हुनेछ।
कम्पनीका अघिल्लो लन्चहरूमा गोप्रो हिरो १३ ब्ल्याक र हिरो एक्शन क्यामराहरू समावेश छन् भनि गीज्मोचाइनाले उल्लेख गरेको छन्।
प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार