Technology Khabar ९ फाल्गुन २०८१, शुक्रबार
काठमाडौं ।
आगामी आईफोन १७ एयर र आईफोन १७ प्रोको रेन्डरहरू देखा परेका छन्। रेन्डरहरूमा आईफोन १७ एयर र आईफोन १७ प्रोको आ–आफ्नै विशिष्ट क्यामरा आइल्यान्ड डिजाइन रहेको देखाउँदै केही रेन्डरहरू बाहिर आएको छ।
त्यसैगरी सिङ्गल रियर क्यामरा भएको आईफोन एयरमा विगतको गुगल पिक्सेलको सम्झना दिलाउने भाइजर रहेको छ भने आईफोन १७ प्रोले पोको एक्स६ र पोको एक्स६ प्रो बाट प्रेरणा लिएको उल्लेख गरिएको छ।
आईफोन १७ प्रो म्याक्स भने प्रो को एक म्याग्निफाइड संस्करण मात्र हुने अनुमान गरिएको छ। त्यसैगरी भेनिला आईफोन १७ मोडेलको बारेमा केही चाखलाग्दो जानकारीहरू उपलब्ध भएको छन्।
आईफोन १७ स्पष्ट रूपमा ठ्याक्कै आईफोन १६ जस्तै देखिने बताइएको छ जुन कुनै क्यामरा भाइजर–शैली आइल्यान्ड वा पोको–शैली आइल्यान्ड बिना एप्पलले धेरै समयदेखि प्रयोग गरिसकेको डिजाइनको पुनः प्रयोग मात्र हुने उल्लेख गरिएको छ।
यस बिन्दुमा यो सबै एक अपुष्ट अफवाह मात्र भएको हुनाले यसलाई हल्का रूपमा लिनको लागि आग्रह गरिएको छ।
आईफोन १७ ले कुनै नयाँ रूप नअपाउने सम्भावनाको उल्लेख गर्दा फोनमा कम्तिमा १२० हर्ज रिफ्रेस रेटसहितको स्क्रिन हुने अघिल्लो एउटा अफवाहले बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार