“विश्वव्यापी अर्थतन्त्र र समाजमा एआईको विकास तीव्र हुँदै”

Technology Khabar ८ फाल्गुन २०८१, बिहीबार

“विश्वव्यापी अर्थतन्त्र र समाजमा एआईको विकास तीव्र हुँदै”
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

काठमाडौं ।

म्यानमाले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) रणनीति र नीतिको मस्यौदा तयार गर्न सक्रिय रूपमा काम गरिरहेको छ।

राष्ट्रिय एआई रणनीति तथा नीतिको मस्यौदा तयार गर्नको लागि चौथो समन्वय बैठक मङ्गलबार नेपि तावमा बसेको प्रतिवेदनले जनाएको छ।

बैठकमा बोल्दै, केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री म्यो थेन क्यावले एआईलाई देशको विकास क्षेत्रहरूमा प्रभावकारी रूपमा एकीकृत गर्न राष्ट्रिय एआई नीतिको मस्यौदा तयार भइरहेको जानकारी दिँदै एआईले विश्व अर्थतन्त्र र समाजमा द्रुत गतिमा अघि बढिरहेको बताए।

केन्द्रीय मन्त्रीले नीतिको विकासको उद्देश्य नैतिकता, मापदण्ड र नियमहरूको पालना गर्ने र एआई क्षेत्रका लागि मानव संसाधन विकास गर्न र अन्तर्राष्ट्रिय साझेदारहरूसँग व्यवस्थित रूपमा सहकार्य गर्ने रहेको बताए।

उनले एआई विशेषज्ञ र पेशेवरहरूसँग नजिकबाट काम गर्ने महत्त्वमा पनि जोड दिए। रासस/सिन्ह्वा

Sajilo Visa

प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया