Technology Khabar ८ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
आईफोन १६ई को आधिकारिक आगमनसँगै एप्पलले अनौपचारिक रूपमा आईफोन एसईलाई बन्द गरेको छ। आईफोन एसई लाई आधिकारिक रूपमा बन्द मात्र नभएर सन् २०१५ को जस्तो देखिने सन् २०२२ मा लन्च गरिएको पछिल्लो आईफोन एसई पनि बन्द गरिएको छ।
आईफोन एसई अब किन्नको लागि उपलब्ध नहुने भन्दै सबै एप्पल स्टोरहरूबाट हटाइएको छ। अझै पनि तेस्रो–पक्ष खुद्रा बिक्रेताहरूसँग भने स्टकमा केही एकाइहरू हुन सक्ने सम्भावनाको उल्लेख गरिएको छ।
आईफोन एसई अब बजारबाट चाँडै हराउनेछ र सबैले यसलाई बिर्सिने छन्। “ई” मोडेलले अब एसईहरू भन्दा राम्रो प्रदर्शन गर्ने वा नगर्ने र लामो समयसम्म टिक्ने वा नटिक्ने भनेर समयले बताउनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
एप्पलले बन्द गरेको आईफोन एसई पहिले ४२९ अमेरिकी डलर सुरुवाती मूल्यको साथ लाइनअपमा सबैभन्दा किफायती आईफोन थियो।
त्यसैगरी आईफोन १४ र आईफोन १४ प्लसलाई पनि एप्पलको वेबसाइटबाट हटाइएको छ। आईफोन १४ एप्पलको च्यानल पार्टनरहरूबाट उपलब्ध रहनेछ, जबकि आईफोन १४ प्लस पूर्ण रूपमा बन्द गरिएको ९टु५म्याकले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार