आफ्नो गेम डेभलपमेन्ट विभाग बिक्री गर्ने योजनामा पोकेमन गो निर्माता नियान्टिक

Technology Khabar ८ फाल्गुन २०८१, बिहीबार

आफ्नो गेम डेभलपमेन्ट विभाग बिक्री गर्ने योजनामा पोकेमन गो निर्माता नियान्टिक
Global IME Bank

काठमाडौं ।

लोकप्रिय अग्मेटेन्ड रियालिटी (एआर) गेम पोकेमन गो को निर्माता कम्पनी नियान्टिकले आफ्नो गेम डेभलपमेन्ट व्यवसाय बिक्री गर्ने तयारीमा रहेको छ। यसबारे ब्लूमबर्गले विभिन्न अनाम स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

रिपोर्टअनुसार कम्पनीले आफ्नो गेमिङ युनिट करिब साढे ३ मिलियन डलरमा बिक्री गर्न मोबाइल गेम डेभलपर स्कोपलाईसँग सम्झौताको खोजी गरिरहेको छ। स्कोपलाई साउदी अरेबियामा आधारित स्याभी गेम्स ग्रुपको स्वामित्वमा रहेको कम्पनी हो।

नियान्टिक र स्कोपलाईले यसबारे कुनै औपचारिक प्रतिक्रिया नदिएका टेकक्रञ्चले उल्लेख गरेको छ।

नियान्टिक अग्मेन्टेड रियालिटी सफलतापूर्वक प्रयोग गरेर गेमहरू निर्माण गर्न सकेका थोरै कम्पनीहरूमध्ये एक हो। यसको पहिलो गेम इन्ग्रेसले भौगोलिक स्थानमा आधारित अद्वितीय गेमप्लेका कारण प्रशंसा पाएको थियो तर कम्पनीलाई सन् २०१६ मा पोकेमन गो को विश्वव्यापी सफलताले एकदमै चर्चित बनायो।

पोकेमन गो पछि कम्पनीका अन्य गेमहरू केही हदसम्म सफल भए पनि उस्तै स्तरमा पुग्न सकेनन्। सन् २०२२ मा, कम्पनीले ८ प्रतिशत कर्मचारी हटायो र ह्यारी पटर: विजार्ड्स युनाइट सहित चारवटा परियोजना बन्द गर्‍यो। सन् २०२३ मा कम्पनीले फेरि २३० कर्मचारी कटौती गर्‍यो र एनबीए तथा मार्भल-सम्बन्धित गेमहरू रद्द गर्‍यो।

गत वर्ष नियान्टिकले आफ्नो स्क्यानभर्स एप अपडेट गरी प्रयोगकर्ताहरूलाई वास्तविक वस्तुहरूको मोडेल बनाउन र विकासकर्ताहरूलाई तिनका डाटा प्रदान गर्न सक्ने सुविधा थपेको थियो। नोभेम्बरमा, कम्पनीले एउटा ठूलो भौगोलिक मोडेल (जियोस्पासियल मोडल) निर्माण गर्ने योजना सार्वजनिक गर्‍यो, जसले मेसिन लर्निङ प्रयोग गरी विश्वभरका दृश्यहरू परस्पर जडान गर्नेछ।

Sajilo Visa

प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया