Technology Khabar ८ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
केही हप्ताअघि एप्पल आईफोन १७ प्रो भाइजर–शैली क्यामरा आइल्यान्डको साथ एउटा लीकमा देखा परेको थियो। उक्त लीकमा देखा परेको मोडेल प्रोको नभएर बरु आगामी आईफोन १७ एयरको (सुरुमा आईफोन १७ स्लिम को रूपमा रिपोर्ट गरिएको) लीक भएको हुन सक्ने बताइएको छ।
आईफोन १७ प्रो र प्रो म्याक्समा पनि धेरै ठूला भाइजर हुने बताइएको छ। आईफोन १७ प्रो म्याक्सको छेउमा आईफोन १७ एयरको रेन्डरको साथ थप रेन्डरहरू देखा परेका छन्ःफ्रन्ट पेज टेकसँग आईफोन १७ प्रो डिजाइनको बारेमा विशेष जानकारी रहेको र त्यस जानकारीको आधारमा (@Zellzoi–जेलजोई को मद्दतले) रेन्डरहरू सिर्जना गरेको उल्लेख छ।
रेन्डरमा एयरको पछाडि सिङ्गल क्यामरा समावेश गरिएको देख्न सकिने छ। यसको मतलब सन् २०२५ मा एप्पलसँग सिङ्गल (एउटै) क्यामरा भएको स्मार्टफोन अब एउटा मात्र नभएर दुईवटा हुने भएका छन्। त्यसैगरी आईफोन एसई ४ भोलि अनावरण गरिनेछ।
एयरले यस वर्ष प्लस मोडेललाई प्रतिस्थापन गर्नेछ। साथै एयरको लागि उच्च मूल्यहरू हुनेछ भनि प्रारम्भिक रिपोर्टहरूले उल्लेख गरेका छन्। एयरको सही मूल्यको बारेमा भने अझै जानकारी उपलब्ध नभएको तर यो स्पष्ट रूपमा सिङ्गल (एक) क्यामरा र नन्–प्रो एप्पल ए१९ चिपसेट भएको फोनको लागि धेरै उपयुक्त हुने बताइएको छ। साथै यो सुपर थिन (निकै पातलो) ५.५ एमएम हुने उल्लेख गरिएको छ।एप्पल आईफोन १७ प्रो डिजाइनको रेन्डरहरू एशेरडिप्प्स (@asherdipps) ले सार्वजनिक गरेका छन्। एप्पलले त्रिकोणीय क्यामरा लेआउट कायम गर्नेछ भनि ती रेन्डरहरूले देखाएको छन्। साथै डिभाइसको सम्पूर्ण चौडाइ कभर गर्न क्यामरा आइल्यान्ड विस्तार गर्ने बताइएको छ।
यो गुगलको डिजाइन जस्तो कम र शाओमीले बनाउन सक्ने जस्तै बढी देखिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
आईफोन १७ प्रो सिरिजले ४८ मेगापिक्सेल सेन्सर र ५x लेन्स (१६ प्रो सिरिजमा १२ मेगापिक्सेल ५x बाट माथि)को साथ अपग्रेड गरिएको पेरिस्कोप प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले विशाल क्यामरा आइल्यान्डलाई औचित्य नदिने भएकाले एप्पल यो डिजाइनको साथ किन गयो भन्ने विषयको उत्सुकता जगाएको छ।
हालको क्यामरा आइल्यान्ड डिजाइन आईफोन ११ सिरिज (२०१९) देखिको हो र त्यसैले आगामी आईफोन १७ प्रो सिरिजका लागि नयाँ डिजाइन अनुचित नभएको/नहुने बताइएको छ।
आईफोन १७ सिरिज सेप्टेम्बर अघि नआउने भएकाले हालको लागि नयाँ आईफोन एसईमा सबैको फोकस रहेको उल्लेख छ। त्यसपछि सम्भवतः नयाँ आईप्याड एयर्स र/वा आईप्याड प्रोहरू, दुबै आगामी एप्पल एम४ चिप्स र त्यसपछि नयाँ मुख्यलाइन आईफोन सिरिज बाहिरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार