स्पोटिफाई म्युजिक प्रो यस वर्ष आउँदै

Technology Khabar ७ फाल्गुन २०८१, बुधबार

स्पोटिफाई म्युजिक प्रो यस वर्ष आउँदै
Global IME Bank

काठमाडौं ।

स्पोटिफाईको अधिक महँगो श्रेणी बारेमा वर्षौंदेखि अफवाह आएको भए तापनि अझैसम्म यसलाई जारी गरिएको छैन। स्पोटिफाई म्युजिक प्रो “यस वर्षको अन्तमा” लन्च हुने उल्लेख गरिएको छ।

ब्लूमबर्गको नयाँ रिपोर्टबाट आएको जानकारीले स्पोटिफाई म्युजिक प्रो अवस्थित स्पोटिफाई प्रिमियम टियर भन्दा ६ अमेरिकी डलरले बढी महँगो हुने दावी गर्दछ। म्युजिक प्रो ले प्रायः अफवाह गरिएको र बहुप्रतिक्षित उच्च गुणस्तरको अडियो ल्याउने छ।

टियरले पूर्व–बिक्री कन्सर्ट टिकटहरू र “सदस्यहरूलाई गीतहरू सम्पादन गर्नको लागि टुल्स (उपकरणहरू) दिनेछ”। गतिलाई स्पिड अप (बढाउन) वा मनपर्ने गीतहरू म्यास गर्न सकिने बताइएको छ। नयाँ योजना सुरुमा थप आधारभूत हुनेछ भने समयसँगै सुविधाहरू थपिँदै जानेछ।

स्पोटिफाईले स्पष्ट रूपमा पहिले नै युनिभर्सल र वार्नरबाट नयाँ टियरको लागि अधिकारहरू सुरक्षित गरिसकेको भए तापनि सोनीसँग बाँकी नै रहेको बताइएको छ।

रेकर्ड लेबलका कार्यकारीहरू यो नयाँ योजना बाहिर आओस् भन्ने चाहन्छन् र यदि यो सफल भयो भने यसले अमेजनका साथै एप्पललाई उही मार्गमा जान प्रेरित गर्न सक्नेछ जसले प्रक्रियामा रेकर्ड लेबलहरूको लागि थप राजस्व सिर्जना गर्न सक्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी, केहि अज्ञात “संगीत कार्यकारीहरू” ले “२० अमेरिकी डलर प्रति महिनाको साथ स्पोटिफाईको लागत पनि नेटफ्लिक्सको जस्तै हुनुपर्ने” बताएको उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया