एप्पलको सन् २०२५ को पहिलो प्रमुख प्रोडक्ट लन्चमा के आशा गर्ने?

Technology Khabar ६ फाल्गुन २०८१, मंगलवार

एप्पलको सन् २०२५ को पहिलो प्रमुख प्रोडक्ट लन्चमा के आशा गर्ने?
Global IME Bank

काठमाडौं ।

एप्पलले बुधबार यो वर्षको लागि आफ्नो पहिलो नयाँ प्रोडक्ट डेब्यु गर्दैछ। एप्पलका सीईओ टिम कुकले गत हप्ता एक ट्वीट मार्फत यो लन्चको बारेमा घोषणा गरेका थिए। निश्चित रूपमा नयाँ प्रोडक्ट लन्च के हुनेछ भनेर भन्न नसकिने भएता पनि यो नयाँ आईफोन एसई ४ हुने सम्भावना धेरै भएको र यसले नयाँ नाम प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ।

नयाँ आईफोन एसईः सम्भवतः
सबै अघिल्ला रिपोर्टिङलाई ध्यानमा राख्दा, बुधवार नयाँ आईफोन एसई मोडेलको घोषणा हुने सबैभन्दा धेरै सम्भावना रहेको छ।

नयाँ आईफोन एसईमा नयाँ ६.१–इन्चको ओएलईडी डिस्प्ले, अपग्रेड गरिएको यूएसबी–सी, ४८ मेगापिक्सेलको रियर क्यामरा र फेस आईडीका साथै धेरै अन्य आधुनिक आईफोन सुविधाहरूको अपेक्षा गरिएको छ। साथै नयाँ आईफोन एसई एप्पलको पहिलो इन–हाउस फइभजी मोडेमको लागि टेस्टबेड हुनेछ।

त्यसैगरी एप्पलले यो नयाँ आईफोन एसई मोडेललाई आईफोन १६ई को नयाँ मोनिकर ( नाम/लेबल)को साथ ब्रान्ड गर्न सक्ने भनि केही अफवाहहरूले सुझाव दिएको उल्लेख छ।

टिम कुकले नयाँ प्रोडक्ट लन्चलाई “परिवारको सबैभन्दा नयाँ सदस्य” भनेर उल्लेख गरेका थिए। यद्यपि यसले निश्चित रूपमा केहि पनि उल्लेख नगरेको हुनाले यसले सम्भवतः आईफोन १६ई नामकरण सफल हुनेछ भनि सुझाव दिएको धेरैले अनुमान गरिरहेका छन्।
अन्य सम्भावित घोषणाहरूः

यस वर्षको सुरुवातमा लन्च हुने ट्र्याकमा रहेका केही अन्य उत्पादनहरूः

  • एम४ चिपसहितको रिफ्रेस्ड म्याकबुक एयर
  • ए१७ प्रो चिप (एप्पल इन्टेलिजेन्स अपडेट) सहितको आईप्याड ११ औं जेन
  • नयाँ म्याजिक किबोर्डको साथ आईप्याड एयर एम३

यी प्रोडक्ट पछि वसन्त ऋतुमा लन्च हुने सम्भावना भन्दा बढी भए पनि तिनीहरू प्राविधिक रूपमा यस हप्ता एप्पल घोषणाको टेबलमा रहेको बताइएको छ।

के आशा नगर्नेः
एप्पलको पाइपलाइनमा वर्षको पूर्वाद्र्धको लागि धेरै रोमाञ्चक घोषणाहरू नभएको र धेरै प्रोडक्टहरू प्रारम्भिक वसन्त ऋतुभित्र लन्च नहुने उल्लेख गरिएको छ।

उदाहरणका लागि, ब्लूमबर्गका मार्क गुरम्यानका अनुसार एयरट्याग २ “सन् २०२५ को मध्य” सम्म लन्च गर्नु नहुने उल्लेख गरिएको छ। यो एयरट्याग अपग्रेडले धेरै सुधारिएको प्रिसिजन फाइण्डिङ्गस सहित जीवन स्तरवृद्धिको राम्रो गुणस्तर समावेश गर्नेछ।

एप्पलले नयाँ स्मार्ट होम हबमा पनि काम गरिरहेको छ र जसलाई कतिपयले ‘होमप्याड’ भनेर उल्लेख गरेका छन्। यो प्रोडक्ट सुरुमा मार्च महिनाको डेब्यूको लागि ट्र्याकमा रहेको उल्लेख गरिएको भए पनि हालैका रिपोर्टहरूले भने यो डिभाइस केहि समय पछि बजारमा आउन सक्ने सुझाव दिएको छ।

त्यसैगरी, एम४ अल्ट्रा म्याक स्टुडियो र म्याक प्रोको पनि कामहरू भइरहेको बताइएको छ, जुन यस वर्षको गर्मी यामको डब्ल्यूडब्ल्यूडीसी अघि लन्च नहुने ९टु५म्याकले रिपोर्ट गरेको छ।

 

Sajilo Visa

प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया