व्हाट्सएपको नयाँ च्याट थिम अब सबैका लागि: यसरी सेटअप गर्नुहोस्

Technology Khabar ६ फाल्गुन २०८१, मंगलवार

व्हाट्सएपको नयाँ च्याट थिम अब सबैका लागि: यसरी सेटअप गर्नुहोस्
ह्वाट्सएप। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

काठमाडौं ।

व्हाट्सएप प्रयोगकर्ताहरूले अन्ततः आफ्नो च्याट इन्टरफेसको थिम परिवर्तन गर्न सक्ने भएका छन्, जुन अब बीटा प्रयोगकर्ताहरूमा मात्र सीमित छैन। आधिकारिक अपडेट यसै महिनाको सुरूमा जारी भएको छ र आगामी हप्ताहरूमा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।

यो नयाँ फिचरले च्याट स्क्रिनका लागि विभिन्न थिम रङहरू उपलब्ध गराउँछ, जुन तपाईंले आफ्नो साथी वा अन्य व्यक्तिसँग कुराकानी गर्दा देख्न सक्नुहुन्छ।

सन्देश पठाउने एपमा पहिलेको जस्तै डार्क थिम उपलब्ध छ, जुन धेरै प्रयोगकर्ताहरूलाई मन पर्छ। तर, अब थप रङहरूको विकल्प उपलब्ध भएकाले, नियमित थिम बाहेक अन्य विकल्प खोज्नेहरूका लागि यो निकै रोमाञ्चक हुने न्युज१८ ले उल्लेख गरेको छ।

व्हाट्सएपका अनुसार तपाईं आफ्नो च्याट बबल र पृष्ठभूमि मनपर्ने रङमा परिवर्तन गर्न सक्नुहुन्छ। पूर्व-निर्धारित च्याट थिमहरूबाट छनोट गर्न सकिन्छ, जसले पृष्ठभूमि र बबल दुवै परिवर्तन गर्छ, अथवा तपाईं आफैंले मनपर्ने रङहरू मिलाउन सक्नुहुन्छ।

नयाँ च्याट थिम यसरी सेटअप गर्नुहोस:

  • आफ्नो फोनमा व्हाट्सएप खोल्नुहोस्
  • दायाँपट्टि रहेको तीन डट मेनुमा ट्याप गर्नुहोस
  • सेटिङ्समा गएर ‘च्याट्स’ खोल्नुहोस्
  • ‘डिफल्ट च्याट थिम’ मा ट्याप गर्नुहोस्
  • अब तपाईं थिम, च्याटको रङ र वालपेपर चयन गर्न सक्नुहुन्छ
  • व्हाट्सएप ले परिवर्तनहरू लागू गर्नु अघि तपाईंलाई पूर्वावलोकन गर्न दिनेछ
  • यदि चाहनुहुन्छ भने, माथिल्लो दायाँ कुनामा रहेको तीन डट मेनुबाट थिम रिसेट गर्न सक्नुहुन्छ

व्हाट्सएप ले नयाँ एआई उपकरणहरू पनि विकास गरिरहेको छ, जसमा विभिन्न थर्ड-पार्टी एपहरू र उपकरणहरू एकै ठाउँमा देखाउने छुट्टै ट्याब उपलब्ध हुने बताइएको छ।

Sajilo Visa

प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार