Technology Khabar ५ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
हालै साइन्स जर्नलमा प्रकाशित अनुसन्धानकर्ताहरूका रिपोर्ट अनुसार कृत्रिम बुद्धिमताले भविष्यमा जनावरहरू पीडामा छन् वा अन्य भावना व्यक्त गरिरहेका छन् भनेर बुझ्न मद्दत गर्न सक्छ।
उदाहरणका लागि, वेस्ट अफ इङ्ग्ल्यान्ड ब्रिस्टल विश्वविद्यालय र स्कटल्याण्डको रूरल कलेजका वैज्ञानिकहरूले विकास गरिरहेको इन्टेलिपिग प्रणालीले सुँगुरहरूको अनुहारका तस्वीरहरू विश्लेषण गर्छ र तिनीहरू पीडामा छन्, बिरामी छन् वा मानसिक तनावमा छन् भन्ने संकेत देखिएमा किसानलाई जानकारी दिन्छ।
त्यस्तै हाइफा विश्वविद्यालयका एक टोलीले कुकुरहरूको हराएको पहिचान गर्न मद्दत गर्ने पहिल्यै प्रयोग भइसकेको फेसियल रिकग्निसन सफ्टवेयर विकास गरेको थियो।
अहिले उनीहरू एआईलाई जनावरहरूको अनुहारमा असहजताको संकेत पहिचान गर्न तालिम दिइरहेका टेकक्रञ्चले उल्लेख गरेको छ। अध्ययनअनुसार, कुकुरहरूका अनुहारका ३८ प्रतिशत हाउभाउ मानव अनुहारसँग मेल खान्छ।
यी प्रणालीहरू प्रारम्भिक चरणमा मानव अवलोकनमा निर्भर रहन्छन्, जहाँ जनावरका विभिन्न व्यवहारहरूको अर्थ पत्ता लगाइन्छ। तर, हालै साओ पाउलो विश्वविद्यालयका एक अनुसन्धानकर्ताले घोडाहरूको अनुहारका तस्वीरहरू अपरेशन अघि र पछि, साथै पेनकिलर लिइसकेपछि खिचेर एआई प्रणालीलाई तिनीहरूको आँखा, कान र मुखमा केन्द्रित हुन तालिम दिए। नतिजामा एआईले आफ्नै रूपमा पीडाका संकेत पहिचान गर्न ८८ प्रतिशत सफलता दर हासिल गरेको दावी गरिएको छ।
प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार