भिजन प्रो हेडसेटमा एप्पल इन्टेलिजेन्स थप्ने योजनामा एप्पल

Technology Khabar ५ फाल्गुन २०८१, सोमबार

भिजन प्रो हेडसेटमा एप्पल इन्टेलिजेन्स थप्ने योजनामा एप्पल
Global IME Bank

काठमाडौं ।

एप्पलले भिजन प्रो हेडसेटमा एप्पल इन्टेलिजेन्स थप्ने योजना बनाएको छ। साथै, अप्रिलसम्ममा अतिथि प्रयोगकर्ताहरूका लागि अपडेट गरिएको मोड र स्पाटियल कन्टेन्ट एप ल्याउने तयारी भइरहेको ब्लूमबर्ग न्यूजले शनिबार रिपोर्ट गरेको छ।

कम्पनीले यी फिचरहरू सफ्टवेयर अपग्रेडको रूपमा जारी गर्ने योजना बनाएको छ र विकासकर्ताहरूका लागि यसको बिटा संस्करण यसै हप्तादेखि उपलब्ध हुन सक्ने सम्भावना रहेको रिपोर्टमा जनाइएको छ। एप्पलले रोयटर्सको टिप्पणी अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएको छैन।

एप्पलले प्रतिस्पर्धीहरूलाई पछि पार्न आफ्ना उपकरणहरूमा कृत्रिम बुद्धिमता समावेश गर्ने प्रयास गरिरहेको छ। रोयटर्सले यसअघि आईफोन निर्माता कम्पनी चीनमा बिक्री हुने आईफोनमा टेन्सेन्ट र टिकटक मालिक बाइटडान्सको कृत्रिम बुद्धिमता मोडेलहरू समावेश गर्ने विषयमा वार्ता गरिरहेको जानकारी दिएको थियो।

एप्पलको भिजन प्रो हेडसेटको सुरुवाती मूल्य अमेरिकामा ३ हजार ४९९ डलर रहेको छ। भिजन प्रो मा एप्पल इन्टेलिजेन्स अन्तर्गत राइटिङ टूल्स इन्टरफेस, जेनमोजी र इमेज प्लेग्राउण्ड एपजस्ता फिचरहरू रहने ब्लूमबर्गले उल्लेख गरेको छ।

रोयटर्सका अनुसार यो कदम गत वर्ष फेब्रुअरीमा सार्वजनिक भएपछिको प्रारम्भिक उत्साहपछि बिक्री घट्न थालेको अवस्थामा हेडसेटको माग बढाउन गरिएको प्रयास हुन सक्छ। यसको उच्च मूल्य र मेटाको क्वेस्टजस्ता सस्तो विकल्पहरूसँगको प्रतिस्पर्धाका कारण बिक्री प्रभावित भएको बताइएको छ।

Sajilo Visa

प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया