Technology Khabar ४ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
कडा प्रतिस्पर्धाको बीचमा, बाइदुले आफ्नो एआई च्याटबोटलाई निःशुल्क प्रयोग गर्न सकिने बनाइरहेको छ। अप्रिल १ तारिखदेखि, अर्नी बोट प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने बताइएको छ।
केही केस (अवस्था) हरूमा कम्पनीले प्रयोगकर्ताहरूलाई रिफण्ड (रकम फिर्ता) पनि गर्न जारी राख्ने बाइदुले बताएको छ। कम्पनीले अर्नी बोटलाई डेस्कटप र मोबाइलमा निःशुल्क बनाउनको लागि कम लागत र प्राविधिक सुधारहरू उल्लेख गरेको छ।
यसबाहेक, बाइदुले उही दिन (अप्रिल १ तारिखमा) एक इन्हान्स्ड सर्च फङ्गसन पनि रोल आउट गर्ने योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ। त्यसैगरी यो सुविधा पनि निः शुल्क उपलब्ध हुने बताइएको छ भने यसमा अपग्रेड गरिएको रिजनिङ क्यापाबिलिटी (तर्क क्षमता) समावेश गरिएको उल्लेख छ।
बाइदुले सन् २०२३ को उत्तरार्धमा आफ्नो सर्च इन्जिनमा प्रिमियम सुविधाहरू प्रदान गर्न सुरु गरेको थियो। ती सुविधाहरू उन्नत एआई मोडेलहरू जस्तै अर्नी ४.० द्वारा सञ्चालित थिए। कम्पनीले ती सुविधाहरूको लागि प्रति महिना लगभग ८ अमेरिकी डलर (५९.९ युआन) शुल्क लिने गरेको उल्लेख छ।
च्याटजीपीटीको उदयको बीचमा बाइदु आफ्नै एआई च्याटबट प्रयोग गर्ने पहिलो प्रमुख चिनियाँ कम्पनीहरू मध्ये एक भएको र अर्नीलाई व्यापक रूपमा अपनाउन खोज्न संघर्ष गरेको बताइएको छ।
यसको विपरित, रोयटर्सले भने तेस्रो–पक्ष डाटा ट्र्याकरका अनुसार घरेलु प्रतिद्वन्द्वीहरू जस्तै बाइटडान्सको डुबाओ च्याटबट र अपस्टार्ट डीपसिक (जसले यसको एआई सहायक निः शुल्क प्रदान गर्दछ) ले प्रयोगकर्ताहरूले अझ बलियो तवरमा अपनाएको भनि रिपोर्ट गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ फाल्गुन २०८१, आईतवार