Technology Khabar ३ फाल्गुन २०८१, शनिबार
काठमाडौं ।
पूर्वी म्यानमाको ताचिलेक टाउनशिपमा फेब्रुअरी १२ र १३ मा अवैध अनलाइन जुवा र वित्तीय ठगीको आरोपमा २९ जना संदिग्धहरूलाई अधिकारीहरूले पक्राउ गरेको छ।
राज्य प्रशासन परिषद्को सूचना टोलीले जारी गरिएको विज्ञप्ति अनुसार समूहमा सात थाई र २२ म्यानमाका नागरिक थिए । अधिकारीहरूले संदिग्धबाट ४४० कम्प्युटर, ३९० मोबाइल फोन, दुईओटा कागजातविहीन सवारी साधन र लागूऔषध सम्बन्धी वस्तुहरू बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ।
शङ्कास्पदका अनुसार थाई नागरिक काम र यात्राका लागि थाई–म्यानमा मैत्री पुल नम्बर १ बाट म्यानमार प्रवेश गरेका थिए। उनीहरूलाई पछि अवैध अनलाइन जुवा र आर्थिक ठगीमा संलग्न व्यक्तिहरूले भर्ती गरेको छ।
अधिकारीहरूले संलग्न अन्य संदिग्धहरूलाई छिट्टै पक्राउ गर्न आवश्यक सुरक्षा उपायहरू गरिरहेका छन्। पक्राउ परेकाहरुलाई कानुन बमोजिम कारबाही गरिने उनीहरुले जानकारी दिए। रासस/सिन्ह्वा
प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार