नयाँ आईफोन १७ प्रोको सम्भावित क्यामरा डिजाइन थ्रीडी रेन्डर्समा देखा परे

Technology Khabar ३ फाल्गुन २०८१, शनिबार

नयाँ आईफोन १७ प्रोको सम्भावित क्यामरा डिजाइन थ्रीडी रेन्डर्समा देखा परे
Global IME Bank

काठमाडौं ।

यस वर्षको उत्तरार्धमा आउने अपेक्षा गरिएको अर्को पुस्ताको आईफोनको विशेष गरी डिजाइन र क्यामराको बारेमा धेरै अफवाहहरू सुन्नमा आएका छन्। अघिल्लो अफवाहहरूले आईफोन १७ प्रो मोडेलहरूमा फरक बम्पको साथ नयाँ रियर क्यामरा डिजाइन हुने सुझाव दिएका छन्।

यसै क्रममा अब जोन प्रोसरले साझा गरेको थ्रीडी रेन्डरहरूले नयाँ फोनहरूको फाइनल भर्सन (अन्तिम संस्करण) कस्तो देखिनेछ भनेर देखाएको छ।

अफवाहमा रहेको आईफोन १७ प्रोको क्यामरा डिजाइन

फ्रन्ट पेज टेक च्यानलको नयाँ भिडियोमा, जोन प्रोसरले आफ्नो स्रोतहरूका जानकारीको आधारमा रेन्डर्सहरू देखाएका छन्।

अघिल्लो रेन्डर्सहरूले देखाएको विपरित, प्रोसरले भने आईफोनको पछाडि तीनवटा लेन्सहरूको व्यवस्था समान हुनेछ भनि दावी गरेका छन्। साथै डिजाइन पनि परिवर्तन हुने बताइएको छ। स्क्वायर–सेप्ड (आकारको) बम्पको सट्टा आईफोन १७ प्रोको पछाडि वाइड (फराकिलो) “क्यामरा बार” हुने उल्लेख गरिएको छ।

अहिलेको रेन्डर्सहरूमा देखाइएको बार अघिल्लो रेन्डरहरूमा देखिएको भन्दा धेरै अग्लो भएको बताइएको छ। तीनवटा लेन्सहरू अझै पनि बाँया भागमा नै रहेका छन् भने एलईडी फ्ल्यास, माइक्रोफोन र लाइडार सेन्सर अब दायाँ भागमा राखएिका छन्। अघिल्लो रेन्डरहरूले भने उक्त तीनवटा लेन्सहरू तेर्सो रूपमा पङ्क्तिबद्ध हुने सुझाव दिएको थियो।

भर्खरैको एक लीकले अफवाह गरिएको आईफोन १७ एयरको सम्भावित पछाडिको भागको खुलासा गरेको छ, जसमा क्यामराको लागि वाइडर (फराकिलो) रियर बार रहेको बताइएको छ जुन फोनको एक छेउबाट अर्को छेउसम्म विस्तार भएको उल्लेख गरिएको छ।

अघिल्लो रिपोर्टहरूले फोनको पछाडि “दुईवटा–टोन” हुनेछ भन्ने अफवाहहरूलाई गलत व्याख्या गरेको भन्दै प्रोसरले खण्डन गरेका छन्।

उनका अनुसार आईफोन १७ प्रो को पछाडिको भागमा अझै पनि कलर (रङ्ग)को सिङ्गल (एउटै) शेड हुने र क्यामरा बार भने डार्क टोन हुने उल्लेख गरिएको छ। स्रोतहरूका अनुसार आईफोन १७ प्रो हालको मोडेलहरू भन्दा हल्का हुनेछ भनि उनले उल्लेख गरेको ९टु५म्याकले रिपोर्ट गरेको छ।

 

 

Sajilo Visa

प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार