गुगल आई/ओ २०२५ मे महिनाको २० देखि २१ तारिख सम्म हुने

Technology Khabar १ फाल्गुन २०८१, बिहीबार

गुगल आई/ओ २०२५ मे महिनाको २० देखि २१ तारिख सम्म हुने
Global IME Bank

काठमाडौं ।

गुगलले मे महिनाको २० देखि २१ तारिखमा आफ्नो वार्षिक विकासकर्ता सम्मेलन आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम क्यालिफोर्नियास्थित माउन्टेन भ्यूको शोरलाइन एम्फिथिएटरमा आयोजित हुनेछ। कार्यक्रम १० बजे (पीटी–प्यासिफिक स्ट्याण्डर्ड टाइम) (साँझ ५ बजे यूटीसी–कोअर्डिनेटेड युनिभर्सल टाइम) को लागि निर्धारित रहेको छ।

गुगलका सीईओ सुन्दर पिचाईले उद्घाटनमा मुख्य भाषण गर्नेछन् भने त्यसपछि विकासकर्ता–सम्बन्धित र प्राविधिक सत्रहरू हुनेछन्।
गुगलले आई/ओ २०२५ बाट मुख्य नोटहरू र सत्रहरूलाई लाइभस्ट्रिम गर्ने पुष्टि गरेको छ।

गुगल आई/ओ एक विकासकर्ता सम्मेलन मात्र नभएर यसले ऐतिहासिक रूपमा नवीनतम एन्ड्रोइड संस्करण र नयाँ हार्डवेयर डिभाइसहरूको औपचारिक घोषणा देखेको उल्लेख गरिएको छ।

गत वर्षको आई/ओले जेमिनी १.५ मोडलहरू, इमेजेन ३ ईमेज जेनेरेशन मोडेल, प्रोजेक्ट एस्ट्रा एआई एसिस्टेन्टसहित थप १०० भन्दा बढी घोषणाहरू प्रस्तुत गरेको थियो।

यस वर्षको आई/ओले ओपन–सोर्स जेम्मा एआई मोडेलहरू, गुगल एआई स्टुडियो र नोटबुकएलएममा अपडेटहरूलाई औंल्याउँदै टिजरहरूसँग फेरि एआईमा केन्द्रित हुने जस्तो देखिन्छ। त्यसैगरी एन्ड्रोइड १६ को अपडेट पनि देखिने उल्लेख गरिएको छ जुन हाल यसको सार्वजनिक बीटा चरणमा रहेको छ भने यसको अन्तिम रिलीज मार्चमा हुने अफवाह छ।

गुगलले आई/ओमा आगामी हार्डवेयर डिभाइसहरूलाई पनि टिज गरेको हुनाले पिक्सेल १० सिरिजको पूर्वावलोकन हेर्दा धेरै अचम्मको कुरा नहुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार