सन् २०२४ को दक्षिणपूर्वी एसियाली स्मार्टफोन बजारको नेतृत्वमा ओप्पो

Technology Khabar १ फाल्गुन २०८१, बिहीबार

सन् २०२४ को दक्षिणपूर्वी एसियाली स्मार्टफोन बजारको नेतृत्वमा ओप्पो
Global IME Bank

काठमाडौं ।

ओप्पोले सन् २०२४ मा पहिलो पटक दक्षिणपूर्व एशियामा आफ्ना सबै प्रतिस्पर्धीहरूलाई पछाडी पारेको क्यानालिसले बताएको छ। ब्रान्डले यस क्षेत्रमा १६.९ मिलियन युनिटहरू ढुवानी गरेको र १८ प्रतिशत सेयर हात पारेको छ भने यसको १४ प्रतिशतले वार्षिक वृद्धि भएको छ।

ओप्पोलाई १६.६ मिलियन ढुवानी र १७ प्रतिशत बजार हिस्साको साथ सामसङले पछ्याएको उल्लेख छ। सामसङको ढुवानी सन् २०२३ को तुलनामा ९ प्रतिशतले घटेको बताइको छ। त्यसपछि, ट्रान्ससन र शाओमी दुबैको १५.५ मिलियन शिपमेन्ट (ढुवानी) र १६ प्रतिशत बजार हिस्साको साथ बराबरि भएको उल्लेख गरिएको छ। तर ट्रान्ससनको ४१ प्रतिशत वृद्धि भएको अवस्थामा शाओमीको भने २६ प्रतिशत मात्र वृद्धि भएको बताइएको छ।

त्यसैगरी शीर्ष पाँचको अन्तिम स्थानमा रहेको भिभोले १२.३ मिलियन ढुवानी र १४ प्रतिशत बजार हिस्साको साथ सन् २०२३ को तुलनामा ढुवानीतर्फ १४ प्रतिशत सुधार गरेको उल्लेख छ। समग्रमा बजारमा ९६.७ मिलियन स्मार्टफोनहरू ढुवानी गरिएको उल्लेख छ जुन सन् २०२३ को तुलनामा ११ प्रतिशत बढी भएको बताइएको छ।

यदि हामीले सन् २०२४ को चौथो त्रैमासिकलाई मात्र हेर्यौं भने, ट्रान्ससनले ४.१ मिलियन ढुवानी र १७ प्रतिशत बजार हिस्साको साथ सन् २०२३ को चौथो त्रैमासिकको तुलनामा ४ प्रतिशतले वृद्धि गर्दै नेतृत्व गर्ने÷लिने उल्लेख गरिएको छ।

त्यसैगरी ट्रान्ससनलाई ओप्पोले ३.९ मिलियन ढुवानी, १६ प्रतिशत सेयर र ९ प्रतिशत वृद्धिको साथ पछ्याएको उल्लेख छ। त्यसपछि शाओमीको ३.८ मिलियन ढुवानी, १६ प्रतिशत सेयरको साथ ५ प्रतिशतले वृद्धि भएको छ। सामसङ भने ३.६ मिलियन ढुवानी, १५ प्रतिशत बजार हिस्सा, र वर्षिक दर ढुवानीमा १५ प्रतिशत गरिवटका साथ चौथो स्थानमा रहेको छ। भिभो ३.५ मिलियन ढुवानी, १४ प्रतिशत सेयर र १० प्रतिशत वार्षिक वृद्धिको साथ पाँचौ स्थानमा रहेको छ।

गत वर्ष यस क्षेत्रमा सबैभन्दा धेरै बिक्री हुने मोडेल ओप्पो ए१८ भएको र ए३एक्सले पनि ओप्पोको बिक्रीलाई अगाडि बढाउन मद्दत गरेको क्यानालिसले बताएको छ। अर्कोतर्फ, सामसङको ढुवानी घटेको बेला, यसको औसत बिक्री मूल्य सन् २०२३ को चौथो त्रैमासिकमा २८५ अमेरिकी डलरबाट सन् २०२४ को चौथो त्रैमासिकमा ३२६ अमेरिकी डलरमा १४ प्रतिशतले वृद्धि भएको उल्लेख छ। त्यसैले सामसङले कम फोनहरू तर महँगो फोनहरू बेचिरहेको छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार