Technology Khabar १ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
युरोपले आर्टिफिसियल इन्टेलिजेन्समा लगानीका लागि २०० बिलियन युरो परिचालन गर्ने पेरिसमा एआई एक्शन शिखर सम्मेलनमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लायनले घोषणा गरेकी छिन्।
यसमध्ये, २० बिलियन युरो एआई कारखानाहरूलाई छुट्याइनेछ जुन आयोगका अनुसार, थप जटिल एआई मोडेलहरूको “सहयोगी विकास” लाई अनुमति दिन आवश्यक रहेको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आइतबार आगामी वर्षहरूमा फ्रान्समा एआई परियोजनाहरूको लागि १०९ बिलियन युरो लगानी गर्ने योजनाको घोषणा गरेपछि यो घोषणा आएको हो।
ओपनएआईको ५०० बिलियन अमेरिकी डलरको कार्यक्रमलाई उल्लेख गर्दै म्याक्रोंले यो लगानीलाई “फ्रान्सका लागि अमेरिकाले ‘स्टारगेट’ सँग घोषणा गरेको बराबर” भएको वर्णन गरेका छन्।
“एआई राम्रो र विकासको लागि शक्ति बनोस् भन्ने चाहेको” भोन डर लायनले बताएकी छिन्।
“खुलापन, सहयोग र उत्कृष्ट प्रतिभामा आधारित भएर हामी यो हाम्रो युरोपेली तवर मार्फत गर्दैछौं। तर हाम्रो अप्रोच (तवर/तरिका) अझै उच्च हुन आवश्यक छ। त्यसैले, हाम्रा सदस्य राष्ट्रहरू र हाम्रा साझेदारहरूसँग मिलेर, हामी युरोपेली एआई गिगाफ्याक्ट्रीहरूको लागि इन्भेष्टएआई मार्फत अभूतपूर्व पूँजी परिचालन गर्नेछौं,” उनले थप उल्लेख गरिन्।
त्यसैगरी गत महिना, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा एआई पूर्वाधारमा अरबौं डलर लगानी गर्न स्टारगेट, ओपनएआई, ओरेकल र सफ्टबैंक सँग संयुक्त उद्यमको घोषणा गरेका थिए।
संयुक्त उद्यम टोलीले तुरुन्तै १०० बिलियन अमेरिकी डलर (९६ बिलियन यूरो) वितरण गरी अर्को चार वर्षमा ५०० बिलियन अमेरिकी डलर(४८० बिलियन यूरो) मा लगानी बढाएर छुट्टै कम्पनी बनाउने टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार