पावरबिट्स प्रो २ हार्ट–रेट मनिटरिङको साथ घोषणा

Technology Khabar १ फाल्गुन २०८१, बिहीबार

पावरबिट्स प्रो २ हार्ट–रेट मनिटरिङको साथ घोषणा
Global IME Bank

काठमाडौं ।

एप्पलको स्वामित्वमा रहेको बिट्सले पावरबिट्स प्रो स्पोट्र्स हेडफोनको दोस्रो पुस्ताको घोषणा गरेको छ।

एप्पल इंक. को बिट्स युनिटले लामो समयदेखि प्रतिक्षित पावरबिट्स प्रो २ रोल आउट गरेको छ जसले नोइज क्यान्सिलेसन, हार्ट–रेट (मुटुको चाल) मनिटर र लोकप्रिय, एथलीट–उन्मुख इयरबडहरूमा नयाँ डिजाइन ल्याएको छ।

नयाँ मोडेलले एप्पलको एयरपड्समा पाइने क्षमताहरू थपेको छ जसमा बाहिरी आवाज सुन्न सजिलो बनाउने ट्रान्सपरेन्सी मोड र राम्रो आवाजको लागि एच२ चिप रहेका छन्।

साथै यसले थ्रीडी लिस्निङ एक्सपिरियन्स (सुन्ने अनुभव) र वायरलेस (ताररहित) रूपमा चार्ज गर्न सकिने एउटा सानो केस सहित स्पासियल अडियोमा पनि सुधार गरेको छ।

बिट्सले फिटनेस उत्साहीहरू तर्फ लक्षित कम्पनीको पावरबिट्स सिरिजको वायरलेस इयरबडको पछिल्लो पुस्ताको फ्ल्यागशिप मोडेल ‘पावरबिट्स प्रो २’ को घोषणा गरेको हो। नयाँ मोडलमा नयाँ डिजाइन र सुविधाहरूको पूर्ण रूपमा सुधार गरिएको उल्लेख छ।

डिजाइन तर्फ, पावरबिट्स प्रो २ मा अब रबराइज्ड बडीको साथ स्लिकर, स्पोर्टियर लुक र इयरहुकको लागि नयाँ निकल टाइटेनियम मिश्र धातु फ्रेम समावेश गरिएको छ।

अघिल्लो पुस्ताको मोडेलको तुलनामा नयाँ इयरबड २० प्रतिशत हल्का भएको र यो उनीहरूको सबैभन्दा राम्रो फिटिङ हेडफोन भएको बिट्सले दाबी गरेको छ। साथै चार्जिङ केस पनि पहिलेको तुलनामा ३३ प्रतिशत सानो भएको र क्यूआई वायरलेस चार्जिङ सुविधा समावेश गरिएको छ। यसबाहेक इयरबडहरू आईपीएक्स४ पसिना र पानी प्रतिरोधी पनि भएको उल्लेख गरिएको छ।

यस वर्षको लागि इयरबडमा एकदम नयाँ सुविधाको रूपमा हार्ट–रेट मनिटरिङ (हृदय गति निगरानी) समावेश गरिएको छ। प्रत्येक इयरबडमा अप्टिकल सेन्सर रहेको र तिनीहरूले सँगै वास्तविक समयमा रक्त प्रवाह मापन गर्न सक्नेछन्। इयरबडहरूले उपलब्ध एपीआईहरू प्रयोग गरेर विभिन्न फिटनेस एपहरूसँग इन्टरफेस गर्न सक्छन् र एप्पलको आफ्नै हेल्थ एपसँग पनि एकीकृत हुन सक्छन्।

पावरबिट्स प्रो २ फिचरले नयाँ कस्टम–डिजाइन गरिएको, डुअल–लेयर ट्रान्सड्यूसर र अपग्रेड गरिएको एम्पलीफायरको साथ अकोस्टिक्सलाई अपडेट गरेको छ।

ट्रान्सड्यूसरहरू सबैभन्दा डाइरेक्ट साउण्ड (प्रत्यक्ष ध्वनि) डेलिभरीको लागि अकोस्टिक नोजलसँग अक्षीय रूपमा पङ्क्तिबद्ध छन् र नयाँ अकोस्टिक रूपमा पारदर्शीताले अडियोलाई असर नगरी बढी सुरक्षा प्रदान गर्दछ।

पावरबिट्स प्रो २ ले एप्पलको एयरपड्स प्रो २ मा पनि रहेको एप्पलको नवीनतम एच२ चिपको प्रयोग गरेको छ जसले उच्च स्तरको एक्टिभ नोइज क्यान्सिलेसन, ट्रान्सपरेन्सी मोडका साथै हेड ट्र्याकिङ सहितको स्पासियल अडियो जस्ता सुविधाहरू प्रदान गर्नेछ।

त्यसैगरी इयरबडमा एडाटिभ ईक्यू पनि प्राप्त गरिने बताइएको छ जसले साउण्डलाई आफ्नो स्पेसिफिक फिट र इयर क्यानलमा अनुकूलित गर्ने र एएनसी वा ट्रान्सपरेन्सी मोड असक्षम हुँदा मात्र काम गर्ने उल्लेख गरिएको छ।

अन्ततः एप्पल भिजन प्रो प्रयोगकर्ताहरूको लागि पावरबिट्स प्रो २ ले लो–लेटेन्सी लसलेस अडियो प्रदान गर्न सक्नेछ।

पावरबिट्स प्रो २ को इयरबडहरूलाई ८ घण्टाको ब्याट्री जीवन र एएनसी सक्षम भएको अवस्थामा केसको साथमा थप चार्जहरू सहित ३६ घण्टाको लागि मूल्याङ्कन गरिएको उल्लेख छ जुन इयरबडहरूको लागि १० घण्टा र एएनसी असक्षम भएको अवस्थामा केसको साथमा ४५ घण्टासम्म पुग्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया