Technology Khabar ३० माघ २०८१, बुधबार
काठमाडौं ।
यो महिना रातको आकाशमा सात ग्रहहरू दुर्लभ फुल प्लानेटरी अलाइनमेन्ट (पूर्ण ग्रह पङ्क्तिबद्धता) मा देखा पर्ने भएका छन्।
मंगल, बृहस्पति, अरुण (युरेनस), शुक्र, वरुण (नेप्च्युन), बुध र शनि २८ फेब्रुअरीको साँझ एकसाथ पङ्क्तिमा देखा पर्नेछन् जुन अब १५ वर्ष सम्मको लागि अन्तिम पटक भएको बताइएको छ।
चार वा पाँच ग्रहहरूको प्लानेटरी परेड अपेक्षाकृत नियमित रूपमा हुने गर्दछन् भने ६ वा सातवटा ग्रहहरूको पङ्क्तिबद्धता उल्लेखनीय रूपमा दुर्लभ हुन्छन्।
६ वटा ग्रहहरू यस अघि नै रातको आकाशमा पङ्क्तिबद्ध भइसकेका छन्। स्टारगेजरहरूले खगोलीय घटना पूरा भएको हेर्नको लागि फेब्रुअरी २८ तारिखसम्म पर्खनुपर्ने बताइएको छ। उक्त रातमा बुध ग्रह क्षितिजको ठीक माथि देखा पर्ने र यस खगोलीय घटनालाई पूरा गर्ने उल्लेख गरिएको छ।
सबै ग्रहहरू नाङ्गो आँखाले नदेखिने भएकोले वरुण (नेप्च्यून) र अरुण (युरेनस) लाई हेर्नको लागि दूरबीन वा टेलिस्कोपको आवश्यकता पर्नेछ।
आकाशमा ताराहरू देखिन थालेपछि सूर्यास्तपछि खगोलीय घटनाहरू हेर्ने सबैभन्दा राम्रो समय हो भनी विज्ञहरूले टिप्पणी गरेका छन्।
“मंगल ग्रह पूर्वमा, बृहस्पति र अरुण (युरेनस) दक्षिणपूर्वमा र शुक्र, वरुण (नेप्च्युन) र शनि पश्चिममा देखा पर्नेछ” डर्बी विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा क्रिस्टोफर बार्नेसले द इन्डिपेन्डेन्टलाई भने।
“शहर र प्रकाश प्रदूषित क्षेत्रका मानिसहरूले पनि अधिकांश ग्रहहरू हेर्न/देख्नसक्षम हुनेछन्, तर उत्तम दृश्यहरूको लागि, भने अध्यारो गाढा स्थान खोज्न सल्लाह दिइन्छ। अरुण (युरेनस) र वरुण (नेप्च्युन) का लागि दूरबीन वा टेलिस्कोप चाहिन्छ भने त्यस बाहेकका लगभग सबै ग्रहहरू नाङ्गो आँखाले देख्न सक्नेछन्।”
डा. बार्नेसले ग्रहको परेड अवलोकन गर्न समय निकाल्नु व्यक्तिको सामान्य स्वास्थ्यको लागि लाभदायक हुनसक्छ भनी टिप्पणी गरे। “तिनीहरूको सांस्कृतिक महत्वभन्दा बाहेक, स्टारगेजिङका धेरै ठोस फाइदाहरू छन्” उनले भने।
“रातको आकाशसँग संलग्न हुनाले माइण्डफसलनेस (मानसिकता) लाई प्रोत्साहित गर्दछ, जसले व्यक्तिहरूलाई क्षणिक रूपमा दैनिक तनावबाट अलग हुन र वर्तमान क्षणमा आफूलाई भुलाउन अनुमति दिन्छ। यो अभ्यासले शान्ति, पुनस्र्थापना र परिप्रेक्ष्यको भावना बढाउन सक्छ।”
पाँच वा बढी ग्रहहरूको अर्को प्ल्यानेटरी अलाइनमेन्ट (ग्रह पङ्क्तिबद्धता) सन् २०२८ को अक्टोबर महिनामा हुनेछ र त्यसपछि फेरि सन् २०३४ को फेब्रुअरी मअिनामा हुनेछ। त्यसैगरी अर्को सात–ग्रह पङ्क्तिबद्धता सन् २०४० सम्म फेरि नहुने इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।
प्रकाशित: ३० माघ २०८१, बुधबार