Technology Khabar ३० माघ २०८१, बुधबार
काठमाडौं ।
ओप्पो फाइन्ड एन५ को आगामन नजिकिएको र यो फेब्रुअरी २० तारिखमा अनावरण गरिने अपेक्षा गरिएको छ। ओप्पो फाइन्ड एन५ को एक आधिकारिक टिजर अभियान पहिलेबाट नै पूर्ण सुरु भएको छ।
उक्त टिजरहरू धेरै जसो फोन कति पातलो छ र फोनको डिस्प्ले क्रिज कति कम/न्यूनतम छ भन्नेमा केन्द्रित रहेका छन्।
यी सबैको बीचमा, चिनियाँ सामाजिक सञ्जाल वेइबोका साथै अनलाइनमा आगामी डिभाइसको नयाँ लाइभ फोटोहरूको लीक भएको छ। लीक भएका उक्त तस्बिरहरूमा फोनको प्रभावशाली पातलो प्रोफाइल स्पष्ट रूपमा पटक देख्न सकिने र डिभाइसको ब्रस्ड मेटल फ्रेम निकै राम्रो र प्रिमियम देखिएको बताइएको छ।
त्यसैगरी तस्बिरहरूमा अलर्ट स्लाइडरसहित फोनको बटनहरूको राम्रो विस्तृत रूप पनि देख्न सकिने उल्लेख गरिएको छ।
त्यसका साथै फोनको रिटेल बक्सका केही शटहरू (फोटोहरू) पनि उपलब्ध भएका छन्। फोनको उक्त रिटेल बक्सको तस्बिरहरूमा फोनको आधिकारिक केस कस्तो छ भनेर देख्न सकिने बताइएको छ। यसले फोनको पछाडिको भागमा स्न्याप गरेको र हिञ्जलाई राम्रोसँग कभर गरेको उल्लेख छ।
डिस्प्ले क्रिज पनि एकदम न्यून भएको देख्न सकिने उल्लेख गरिएको छ। निश्चित कोणहरूमा भने अझै पनि यसको उपस्थित देख्न सकिने छ जुन फोल्डेबल डिस्प्लेको प्रकृति भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३० माघ २०८१, बुधबार