वर्ल्डलिंक र भायानेटले बुझाए ३ अर्ब ३५ करोड बक्यौताको रकम, आव २०८१/८२ को दायित्वबाट समेत मुक्त

Technology Khabar २९ माघ २०८१, मंगलवार

वर्ल्डलिंक र भायानेटले बुझाए ३ अर्ब ३५ करोड बक्यौताको रकम, आव २०८१/८२ को दायित्वबाट समेत मुक्त
Global IME Bank

काठमाडौं ।

नेपालका दुई इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड तथा भायानेट कम्युनिकेसन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको सम्पूर्ण बक्यौता बुझाएका छन्। यी दुई सेवा प्रदायकले पुरानासहित उक्त अवधिसम्मका आफ्ना दायित्व भुक्तान हुने गरी तिरेको समग्र रकम ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।

वर्ल्डलिंकले आइतबार २०८०/०८१ को असार मसान्तसम्मको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी गरी कुल दुई अर्ब ८० करोड रुपैयाँ जम्मा गरेको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। कम्पनीले २०८०/०८१ ले आरटीडीएफ २१.७ करोड र रोयल्टी बापतको ४३.२ करोड रुपैयाँ समेत तिरेको छ।

उक्त कम्पनीले मर्मत सम्भार शुल्क तर्फको २ अर्ब १५ करोड रुपैयाँ बक्यौता यस अघि नै बुझाइसकेको थियो।

यसैगरी भायानेटले मर्मत सम्भार शुल्कको बक्यौता र पछिल्लो आर्थिक वर्षको रोयल्टी र आरटीडीएफ एकैपटक बुझाएको हो। प्राधिकरणले जनाए अनुसार यो सेवा प्रदायकले यी दुवै बक्यौता मिलाएर आइतबार नै जम्मा ५५ करोड जम्मा गरेको हो।

कम्पनीले २०८०/०८१ ले आरटीडीएफ ३५.५३ करोड र रोयल्टी बापतको १९.५५ करोड रुपैयाँ समेत तिरेको छ।

यी दुई सेवा प्रदायकले आव २०८०/८१ का आफ्ना बक्यौताका साथमा पछिल्लो रोयल्टी र आरटीडीएफ दस्तुर बुझाएर दायित्वबाट मुक्त भए पनि नेपालका अन्य सेवा प्रदायकहरुले यस प्रकारको रकम जम्मा गरेका छैनन्।

वर्डलिंक, भायानेट तथा सुबिसुबाहेक अन्य कम्पनीले यसअघिको मर्मत सम्भार बक्यौतासँगै आव २०८०/८१ सम्मको रोयल्टी र आरडीडीएफ बापतको रकमसमेत बुझाएका छैनन्। बाँकी बक्यौता तिर्न बाँकी रहेका सेवा प्रदायकहरुमा वेब सर्फर,क्लासिक टेक, ब्रोडलिंक तथा टेकमाइन्ड्सलगायत रहेको प्राधिकरणले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया