केन्याली युवामा डिजिटल साक्षरता बढाउँदै ह्वावे

Technology Khabar २९ माघ २०८१, मंगलवार

केन्याली युवामा डिजिटल साक्षरता बढाउँदै ह्वावे
Global IME Bank

काठमाडौं ।

केन्याका स्थानीय युवाहरूमा डिजिटल साक्षरता बढाउन चिनियाँ टेलिकम फर्मले सन् २०१९ मा सुरु गरेको ‘ह्वावे डिजीट्रक’ पहलबाट ६ हजार केन्याली युवाहरूले लाभान्वित भएका छन्।

सीमान्तकृत क्षेत्रका हजारौं युवाहरूको डिजिटल सीपमा सुधार गर्नुका साथै केन्याको औद्योगिक क्रान्तिलाई अगाडि बढाउन यो पहल महत्वपूर्ण भएको छ। ह्वावे केन्याका सरकारी मामिलाका निर्देशक एडम लेनले ‘ह्वावे डिजीट्रक’ले युवाहरूबीचको सीपको खाडललाई सम्बोधन गर्न एउटा प्लेटफर्म सिर्जना गरेको बताए।

केन्याको राजधानी नैरोबीमा सोमबार जारी गरिएको विज्ञप्तिमा लेनले भने, “हामी सबै युवाहरूलाई सिक्न प्रोत्साहन गर्छौं।” राष्ट्रिय सभाको सञ्चार, सूचना तथा नवप्रवर्तन समितिका अध्यक्ष जोन किरीले ह्वावे लगायतका निजी क्षेत्रले सहयोगी पूर्वाधार उपलब्ध गराएर केन्यामा डिजिटल रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। “वास्तविक रूपान्तरण साझा दृष्टिकोणबाट सुरु हुन्छ,” किरीले थपे।-रासस/सिन्ह्वा

Sajilo Visa

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार