Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
गुगल मेसेजेजले व्हाट्सएपसँग एउटा चाखलाग्दो इन्टिग्रेसन (समावेश) कार्यमा काम गर्दैछ। मेसेजबाट सीधै व्हाट्सएप भिडियो कल गर्ने क्षमता आउँदै गरेको बारे गुगल मेसेजेज एपको पछिल्लो संस्करणको एपीके टियरडाउन मार्फत खुलासा भएको छ।
यदि तपाईं र तपाईंले मेसेजेजमा च्याट गरिरहनुभएको व्यक्ति दुवैसँग व्हाट्सएप छ भने तपाईंले माथिपट्टिको दायाँ मेनुमा ट्याप गर्दा व्हाट्सएप भिडियो कल भनिने एउटा भिडियो आइकनकोनयाँ अप्सन पाउनुहुनेछ।
यसमा ट्याप गरेपछि सीधै व्हाट्सएपमा भिडियो कल सुरु हुनेछ। यो हाल वान–अन–वान च्याटहरूको लागि मात्र भएको बताइएको छ। ग्रुप (समूह) च्याटहरूका लागि (वा यदि तपाईंले वान–अन–वान कुरा गरिरहनुभएको सम्पर्कमा व्हाट्सएप छैन भने), मेसेजेजमा भिडियो कल अप्सन (विकल्प) गुगल मीटमा पूर्वनिर्धारित हुनेछ।
यस बाहेक अहिले र व्हाट्सएप भिडियो कल समावेश (इन्टिग्रेसन) को रिलीज बीचको समयमा केही सही व्यवहारमा परिवर्तन हुन सक्ने सम्भावनाको उल्लखे गरिएको छ।
केही व्यक्तिहरूले भने व्हाट्सएप भएका मानिसहरूलाई भिडियो कल गर्न मीट प्रयोग गर्न चाहने भएकाले मेसेजेजहरूले भिडियो कलहरूको लागि व्हाट्सएप वा मीट प्रयोग गर्ने विकल्प दिने आशा गरिएको छ।
यो सुविधा कहिले लन्च हुँदैछ भन्ने बारेमा भने स्पष्टता नभएको भए पनि यो सक्रिय विकासमा रहेको बताइएको छ। त्यसैले यो सम्भवतः अर्को केही हप्ता भित्र आइपुग्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ माघ २०८१, सोमबार