Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
एप्पलको नयाँ आईफोन एसई मोडेलको आगमन लगभग निश्चित भएको छ। एप्पलको यस नयाँ आईफोन एसई मोडेललाई ‘आईफोन एसई (फोर्थ जेन)’ वा ‘आईफोन एसई (२०२५)’ भनिने लगभग निश्चित भएको छ।
एप्पलले भने सामान्यतया यी डिभाइसहरूलाई बिना कुनै अतिरिक्त स्पष्टीकरण आईफोन एसईको रूपमा बजारीकरण गर्ने उल्लेख गरिएको छ।
फोनलाई अर्को हप्ता कुनै आधिकारिक लन्च कार्यक्रम बिना नै धेरै चर्चा नगरी लन्च गरिने आशा गरिएको छ। ह्यान्डसेटको सन्दर्भमा पहिले नै धेरै लीकहरू आइसकेका छन्।
यसै क्रममा अब एक पटक फेरि फोनमा डिस्प्ले नच र सिङ्गल रियर क्यामरा हुने निश्चित अफवाहहरूको पुष्टि गर्दै केस निर्माता स्पिजेनको तर्फबाट फोनको रेन्डरहरू देखा परेका छन्।
उक्त तस्बिरहरूबाट केही जानकारी प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। बटन लेआउट एप्पलको लागि स्ट्याण्डर्ड देखिन्छ। अलर्ट स्लाइडरलाई बटनको साथ प्रतिस्थापन गरिएको देख्न सकिने उल्लेख गरिएको छ।
डिस्प्लेमा स्पष्ट रूपमा नच देख्न सकिन्छ। आईफोन एसई (फोर्थ जेन) मा आईफोन १४ को जस्तै ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले हुने अनुमान गरिएको छ। एप्पलका सबै फेस आइडी सेन्सरहरू पनि नच भित्र फिट भएको देख्न सकिन उल्लेख गरिएको छ।
अफवाहहरूलाई ध्यानमा राख्दै, आईफोन एसई (फोर्थ जेन) मा ८ जीबी र्यामको साथ एप्पल ए१८ चिपसेटद्वारा सञ्चालित हुने विश्वास गरिएको छ जसले गर्दा एप्पल इन्टेलिजेन्स चलाउन सक्षम हुने उल्लखे गरिएको छ।
पछाडिको क्यामरा ४८ मेगापिक्सेलको हुने भनिएको छ। त्यसैगरी इन–हाउस सेलुलर मोडेम समावेश गरिने नयाँ एसई पहिलो आईफोन हुने भएको छ जसले क्वालकमको निर्भरता कम गरी भविष्यको लागि मार्ग प्रशस्त गर्ने बताइएको छ।
आईफोन एसई (फोर्थ जेन) मा टाइप–सी पोर्ट रहने आशा गरिएको छ। आईफोन एसई (फोर्थ जेन) को प्रारम्भिक खुद्रा मूल्य ४९९ अमेरिकी डलर हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ माघ २०८१, सोमबार