Technology Khabar २६ माघ २०८१, शनिबार
काठमाडौं ।
सन् २०२२ मा आईफोन एसई लन्च गरेपछि एप्पलले नयाँ एसई मोडल लन्च गरेको छैन। ब्लुमबर्गका मार्क गर्मनको रिपोर्ट अनुसार हालको आईफोन एसई ईयूका यूएसबी–सी नियमहरूका कारण बन्द गरिएको बताइएको छ।
आईफोन एसई (२०२५) को आगमन एकदम नजिक देखिएको र डिभाइस अर्को हप्ताको शुरुमा बिक्रीमा जाने रिपोर्टले दावी गरेको छ। त्यसका साथै आईफोन एसई ४ मा आउने अपेक्षा गरिएको पाँच प्रमुख परिवर्तनहरू यहाँ रहको छन्।
आईफोन १४–जस्तो डिजाइन
आईफोन एसई ४ अघिल्लो पुस्ताको तुलनामा डिजाइनमा सबैभन्दा आमूल परिवर्तनको साथ आउने भएको छ। यो रिपोर्टले आईफोन एसई ४ ले आईफोन १४ को डिजाइन इनहेरिट गर्ने दावी गरेको लीकलाई पछ्याएको उल्लेख छ।
आईफोन एसई ४ मा आईफोन १४ को जस्तै नच भएको डिस्प्ले हुनेछ जसमा बटम (तल्लो) बेजेल एक्सको साथ लगभग ६.१ इन्चको ठूलो स्क्रिन स्पेस रहने बताइएको छ। जहाँसम्म पछाडिको डिजाइनको सवाल छ, आईफोन एसई ४ ले एउटा एलईडी फ्ल्यासको साथ एउटा क्यामरा समावेश गर्ने उल्लेख गरिएको छ।
फेस आईडी सपोर्ट (समर्थन)
आईफोन एसई ४ फेस आईडी सपोर्ट (समर्थन) को साथ आउने पहिलो एसई मोडेल हुनेछ। डिभाइसमा टच आईडी सेन्सर भने हुनेछैन। नयाँ डिजाइन यसको कारण भएको र डिभाइसले जटिल फेस आइडी सेन्सरलाई हाउस (समावेश) गर्न नच थप गरेको उल्लेख गरिएको छ।
साथै तलको बेजेलसँगै होम बटन पनि हटाइएको उल्लेख छ जसमा (होम बटनमा) अघिल्लो पुस्तामा टच आईडी सेन्सर रहेको थियो।
एप्पल एआई
एप्पलले आईफोन १६ सिरिजको साथ एप्पल इन्टेलिजेन्स प्रस्तुत गरेको थियो। आईफोन एसई ४ आईओएस १८ मा रन हुने र एप्पल एआईमा पहुँच प्रदान गर्ने सबैभन्दा किफायती आईफोन हुनेछ।
एप्पल एआईले आईफोन १६ सिरिजमा परिष्कृत सिरी, एआई–संचालित राइटिङ टुल्स, इन्टेलिजेन्ट फोटो इडिटिङ र व्यक्तिगत सुझावहरू जस्ता सुविधाहरू ल्याएको उल्लेख छ।
एप्पल ए१८
एप्पल ए१८ चिपको समावेशले आईफोन १६ र आईफोन १६ प्लसलाई एप्पल एआईमा चल्न अनुमति दिन्छ। अब आईफोन एसई ४ ले पनि एप्पल एआईमा पहुँच ल्याउने अपेक्षा गरिएको छ र यसमा ए१८ चिप समावेश गरिने सुझाव दिइएको छ जसले यसलाई आईफोन १६ र १६ प्लस मोडेलहरू जस्तै शक्तिशाली बनाउने उल्लेख गरिएको छ।
यूएसबी–सी
आईफोन एसई मोडेलमा पहिलो पटक आईफोन एसई (चौथो पुस्ता) मा यूएसबी–सी पोर्टको आगमन हुने भएको छ। ईयूमा बेचिने सबै नयाँ स्मार्टफोनहरूमा यूएसबी–सी चार्जिङ प्रयोग गर्नू पर्ने ईयू नियमहरूको कारणले गर्दा आईफोनहरूमा पनि यूएसबी–सी पोर्टको समावेश गरिने थालिएको हो।
चौथो पुस्ताको आईफोनको यूएसबी–सी पोर्टको डाटा स्थानान्तरण गति यूएसबी २.० गतिमा सीमित हुन सक्ने सम्भावनाको उल्लेख गरिएको छ जुन लाइटनिङ कनेक्टर जस्तै हो। साथै आईफोन १५, १५ प्लस, १६, र १६ प्लसमा यूएसबी–सी पोर्टहरू पनि यूएसबी २.० गतिमा सीमित रहेका छन्।
यसबाहेक आईफोन एसई ४ मा नयाँ ४८–मेगापिक्सेलको रियर क्यामरा हुने रिपोर्टले दावी गरेको भए पनि क्यामरा अपग्रेडको बारेमा भने ब्लूमबर्ग रिपोर्टले उल्लेख गरेको छैन।
साथै रिपोर्टले आईफोन एसई ४ को मूल्यवृद्धिको साथ आउने बताएको छ। यसले गर्दा सामसङ र गुगलका इन्ट्री–लेभल मोडलहरूको तुलनामा मूल्य निर्धारण प्रतिस्पर्धात्मक रहने उल्लेख गरिएको छ। एप्पलले चीन, भारत र उदीयमान बजारहरूबाट ठूलो बिक्री हासिल गर्ने अपेक्षा गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ माघ २०८१, शनिबार