डिजिटल कारोबारमा लाग्ने कर हटाइयोस्, नि:शुल्क बनाइयोस्: रास्वपा सांसद डाँगी

Technology Khabar २५ माघ २०८१, शुक्रबार

डिजिटल कारोबारमा लाग्ने कर हटाइयोस्, नि:शुल्क बनाइयोस्: रास्वपा सांसद डाँगी
Global IME Bank

काठमाडौं ।

रास्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले विद्युतीय कारोबार गर्दा कर तिर्नु नपर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेकी छिन्।

उनले सभामुखमार्फत् सरकार र अर्थ मन्त्रालयलाई नीति परिवर्तन गरेर हुन्छ कि रास्ट्रिय  भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेलाई समेत मर्का नपर्ने गरी डिजिटल ट्रान्ज्याक्शन निशुल्क बनाउन आजैबाट काम शुरु गर्न आग्रह गरिन्। आज शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले यस्तो माग गरेकी हुन्।

‘सरकारले पटक पटक विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भन्ने गरेको छ। मैलै कसैलाई सय रुपैयाँ नगद दिँएँ भने कुनै पनि प्रकारको कर लाग्दैन र पैसा दिएवापतको रकम पनि तिर्नुपर्दैन। तर मैले डिजिटल प्लेटफर्ममार्फत् कसैलाई सय रुपैयाँ दिनु पर्यो भने ट्रान्जेक्शन गरेवापतको रकम र त्यसमा लाग्ने करसमेत गरेर १११.३ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘जसले गर्दा हामी डिजिटल ट्रान्ज्याक्शन गर्न निरुत्साहित भइरहेका छौं। यदि सरकारले साँच्चै नै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौती गर्दै नि:शुल्क डिजिटल भुक्तानी प्रणालीको विकास गर्न आवश्यक छ।’

Sajilo Visa

प्रकाशित: २५ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया