ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि विना धितो कर्जा दिने

Technology Khabar २५ माघ २०८१, शुक्रबार

ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि विना धितो कर्जा दिने
Global IME Bank

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ।

यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो।

बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ।

कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ।

Sajilo Visa

प्रकाशित: २५ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया