Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण बिहिबारदेखि राजधानीमा सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारदेखि सुरु भएको पाँच दिनको सूचना तथा प्रविधिसम्बन्धी प्रदर्शनी माघ २४ देखि गते माघ २८ गते सम्म आयोजना हुनेछ।
नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिएको आयोजकले जनाएको छ।
आयोजककाअनुसार, क्यान इन्फोटेक–२०२५ मा करिब १५० स्टल रहेका छन्। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ।
यसैबिच क्यान इन्फोटेक–२०२५ मा रहेको नेपाल सरकार गृह मन्त्रालएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको स्टलमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको विशेष आकर्षण देखिएको छ।
३०औँ क्यान इन्फोटेक–२०२५ को सिटी हलमा भएको उद्घाटन कार्यक्रमका साथै भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा रहेका सूचना तथा प्रविधि सम्बधित स्टलहरुको फोटोजर्नलिस्ट प्रतिक रानाले खिचेका तस्विरहरुः
प्रकाशित: २४ माघ २०८१, बिहीबार