Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल सञ्चालन, नियमन र प्रयोगका लागि भनेर हाल दर्ता भएको विधेयक आपत्तिजनक रहेको बताएका छन्।
‘विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिबानाको तरबार झुण्ड्याइएको छ। अहिलेका नागरिकलाई बोलेकै भरमा जिल्ला घुमाइरहेको यो सरकारले यो विधेयक पारित भयो भने के गर्दा गम्भीर प्रश्न खडा भएको छ’, अध्यक्ष दाहालले भने।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामाजिक सञ्जाल सञ्चालन नियमनका नाममा यसले नागरिकहरुको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित मात्र गरेको नभईप्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको धारण व्यक्त गरेका छन्।
‘सामाजिक सञ्जाल निमयन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधनिक रुपमै नियनत्रण गर्न खोज्दै हुनुहुन्छ, यो के हो? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईँहरु? संविधानभन्दा माथि हो? तपाईँहरु मालिक अनि नेपाली जनता दास हो र?, अध्यक्ष दाहालले प्रश्न गरे।
प्रकाशित: २४ माघ २०८१, बिहीबार