सन् २०२४ मा स्मार्टफोन बजार ७ प्रतिशतले वृद्धि, एप्पल शीर्षस्थानमा: क्यानालिस

Technology Khabar २४ माघ २०८१, बिहीबार

सन् २०२४ मा स्मार्टफोन बजार ७ प्रतिशतले वृद्धि, एप्पल शीर्षस्थानमा: क्यानालिस
Global IME Bank

काठमाडौं ।

क्यानालिसको पछिल्लो प्रतिवेदन अनुसार, सन् २०२३ को तुलनामा सन् २०२४ मा स्मार्टफोन बिक्री ७ प्रतिशत बढेर १.२२ बिलियन युनिट पुगेको र जसले लगातार दुई वर्षको गिरावट पछि रिबाउन्ड भएको छ।

एप्पल र सामसङ दुवैले १८ प्रतिशतको साथ बजारमा अग्रता लिएका छन् भने त्यसपछि शाओमीको १४ प्रतिशत, ट्रान्ससनको ९ प्रतिशत, ओप्पो र भिभोको ८ प्रतिशत, अनर र लेनोभोको ५ प्रतिशत, र ह्वावे र रियलमीको ४ प्रतिशत भएको क्यानालिसले उल्लेख गरेको छ।

क्यानालिस र केही अन्य विश्लेषक संस्थाहरुले बीबीके ब्रान्डहरू अलग–अलग गणना गर्दा ट्रान्ससन ब्रान्डहरूलाई भने एकसाथ गणना गर्दछन्। त्यसैले यदि भिभो, ओप्पो र रियलमीलाई एकैसाथ जोड्ने हो भने, बीबीके २० प्रतिशतको साथ एप्पल र सामसङ दुवैलाई पछि पार्दै पाईको पहिलो स्थानमा उक्लिने बताइएको छ।

“उदीयमान बजार वृद्धि र स्थिर प्रदर्शनमा उत्तर अमेरिका र युरोपमा” एप्पलको प्रदर्शनीमा गिरावट आएको बताइएको छ भने शाओमी “चीनमा बलियो गति र उदीयमान बजारहरूमा निरन्तर रणनीतिक विस्तारका साथ” राम्रो प्रदर्शन गरेको उल्लेख छ।

एप्पलले सन् २०२४ मा २२५.९ मिलियन आईफोनहरू (सन् २०२३ को तुलनामा १ प्रतिशत कम), सामसङले २२२.९ मिलियन ग्यालेक्सी स्मार्टफोनहरू (१ प्रतिशत कम), शाओमीले १६८.६ मिलियन युनिटहरू (१५ प्रतिशत बृद्धि), ट्रान्ससनले १०६.७ मिलियन (१५ प्रतिशत बृद्धि) र ओप्पो (वानप्लस सहित) १०३.६ मिलियन (३ प्रतिशत बृद्धि) बिक्री गरेका छन्। समग्र स्मार्टफोन बिक्रीको सन्दर्भमा, चाइनाले सन् २०२३ को तुलनामा ४ प्रतिशत, उत्तर अमेरिकामा १ प्रतिशत र युरोपले ३ प्रतिशत बृद्धि गरेको उल्लेख गरिएको छ।

सन् २०२४ को चौथो त्रैमासिकमा, एप्पलले ७७.१ मिलियन ढुवानी र २३ प्रतिशत बजार हिस्साको साथ (भोल्युममा १ प्रतिशत कम, सन् २०२३ को चौथो त्रैमासिकमा २४ प्रतिशत कम) नेतृत्व गरेको छ।

त्यसैगरी सामसङले ५१.९ मिलियन युनिट ढुवानी र १६ प्रतिशत बजार हिस्साको साथ (भोल्युममा ३ प्रतिशत कम, बजार हिस्साको वर्षिक रूपमा १७ प्रतिशत कम ) एप्पललाई पछ्याएको उल्लेख छ।

शाओमीले ४२.७ मिलियन शिपमेन्ट (ढुवानी) को साथ र १३ प्रतिशत बजार हिस्सा (सेयर) को साथ (भोल्युममा ५ प्रतिशत वृद्धि, स्टिक सेयर) तेस्रो स्थानमा रहन सफल भएको छ।

ट्रान्ससनले २७.२ मिलियन युनिटहरू ढुवानी गरेको र ८ प्रतिशत बजार हिस्सा (भोल्युममा ४ प्रतिशत र बजार हिस्सामा ९ प्रतिशत कम) ओगट्न सफल भएको छ।

भिभोले २६.४ मिलियन युनिटहरूको ढुवानीको साथ र ८ प्रतिशत बजार हिस्सा (भोल्युममा १० प्रतिशत र सेयरमा ७ प्रतिशत वृद्धि) हासिल गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २४ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया