Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
भारत सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप र प्लेटफर्मको प्रयोग सम्बन्धी सरकारी कर्मचारीहरूलाई कडा निर्देशन दिँदै नयाँ आदेश जारी गरेको छ।
भारतको वित्त मन्त्रालयले जारी गरेको यो परिपत्रमा धेरै सरकारी कर्मचारीहरूले आफ्नो कार्यालयको कम्प्युटर र ल्यापटपमा च्याटजीपीटी, डीपसीक आदि जस्ता एआई एपहरू प्रयोग गरिरहेको उल्लेख छ।
फलस्वरूप, भारत सरकारको गोप्य कागजात र डाटाको सुरक्षा जोखिममा पर्न सक्ने चेतावनी दिईएको छ।
पछिल्लो समय विश्वभर चिनियाँ एआई डीपसीक आएसँगै यसको बारेमा विभिन्न सरकारहरुले चेतावनी जारी गरेका छन्।
प्रकाशित: २४ माघ २०८१, बिहीबार