Technology Khabar २३ माघ २०८१, बुधबार
काठमाडौं ।
नेपालमा पछिल्लो महिना अर्थात् पौषभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम बढेको पाइएको छ। यो प्रवृत्ति असोजमा मिश्रित देखिएको थियो भने मंसिरमा पनि बढेको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/२०८२ को छैटौै महिना पौषसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा बढोत्तरी भएको पाइएको हो।
आर्थिक वर्ष २०८०/८१ को कार्तिकमा कारोबार सङ्ख्या ६५ हजार ८६२ ले घटेर ४ करोड ३९ लाख ८२ हजार २८४ मा आइपुगेको थियो साथै कारोबार रकम २६ अर्ब ५७ करोड ७० लाख घटेर ३ खर्ब ७४ करोड ६६ लाख ५० हजारमा झरेको थियो।
मंसिरमा भने कारोबार सङ्ख्यामा ३४ लाख ६४ हजार ६६४ ले बढेर ४ करोड ७४ लाख ४६ हजार ९४८ पुगेको थियो। यसैगरी कारोबार रकम १३ अर्ब ७७ करोड ६० लाख रुपैयाँले बढेर ३ खर्ब ८८ अर्ब ४४ करोड १० लाख पुगेको प्रतिवेदनले देखाएको छ।
पौष महिनासम्म आइपुग्दा कारोबार सङ्ख्यामा १५ लाख ४१ हजार ७६८ ले बढेर ४ करोड ८९ लाख ८८ हजार ७१६ पुगेको छ। यसैगरी कारोबार रकम ९ अर्ब ५४ करोड १० लाख रुपैयाँले बढेर ३ खर्ब ९८ अर्ब ३८ करोड २० लाख पुगेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: २३ माघ २०८१, बुधबार