Technology Khabar २३ माघ २०८१, बुधबार
काठमाडौं ।
सामसङले गत महिनाको अनप्याक्ड कार्यक्रममा टिज गरेको ट्राइ–फोल्ड स्मार्टफोनको नाम पत्ता लगेको छ। कोरियाबाट आएको जानकारीले उक्त डिभाइसको नाम ‘सामसङ ग्यालेक्सी जी फोल्ड’ हुने खुलासा गरेको छ र यसमा ब्राण्ड–न्यू १० इन्चको स्क्रिनको साथ मेट एक्सटीको जस्तै ट्राइ–फोल्ड डिजाइन समावेश गरिनेछ।
नयाँ जी फोल्डको तौल ह्वावे डिभाइसको जस्तै ३०० ग्रामभन्दा कम हुनुपर्ने बताइएको छ। यद्यपि, सामसङको डिभाइस आफ्नो चिनियाँ समकक्षी जत्तिकै पातलो भने नहुने बताइएको छ जुन पूर्ण रूपमा खोलिएको अवस्थामा ३.६ मिमी हुनेछ।
फोल्डेबल प्यानल र टचस्क्रिनले ग्यालेक्सी जेड फोल्ड सिरिजमा पहिले नदेखिएका नयाँ आविष्कारहरूलाई प्रतिनिधित्व गर्ने बताइएको छ। त्यसैगरी डिभाइसको डायगोनल मेजरमेन्ट (मापन) कथित रूपमा ९.९६ इन्च सम्म पुग्ने र कभर डिस्प्ले पूर्ण रूपमा फोल्ड गर्दा, ६.५४ इन्चको हुने बताइएको छ जुन हालको जेड फोल्ड६ भन्दा अलि ठूलो हुने उल्लेख गरिएको छ।
सामसङले आकर्षक ग्यालेक्सी जी अनुकरण छनौट गरेको हुन सक्ने बताइएको छ भने जी को अर्थ मात्र ग्यालेक्सी पनि हुन सक्ने सम्भव रहेको उल्लेख गरिएको छ।
सामसङले प्रोडक्टको बारेमा जुलाई–सेप्टेम्बरको टाईमफ्रेम (समय सीमा) मा केही टिज गर्ने आशा गरिएको छ। साथै यदि कोरियाबाट आएको उक्त रिपोर्टहरू सत्य भएको खण्डमा, सन् २०२६ को जनवरीमा डिभाइसको आगमनको प्रतीक्षा गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २३ माघ २०८१, बुधबार