नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याइने

Technology Khabar २२ माघ २०८१, मंगलवार

नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याइने
फाइल
Global IME Bank

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षमा नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याउने योजना गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याउने बताएका हुन्।

आज आयोजित नेपाल टेलिकमको २१औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरूङले २५ प्रतिशतसम्म शेयर स्वामित्व सर्वसाधारणलाई दिने बताएका हुन्। उनले सबैले गर्व गर्ने कम्पनी बनाउनु पर्ने र सर्वसाधारणको माया बढाउनुपर्ने बताए।

मन्त्री गुरुङले शेयर बढाउनुपर्ने भनेर प्रधानमन्त्रीले समेत भनेको र अर्थ मन्त्रालयसँग छलफलमा रहेको बताए।

“सर्वसाधारणको स्वामित्व बढेपछि अपनत्व महशुस हुन्छ। त्यसपछि जनताप्रति बढी जिम्मेवार हुनुपर्छ,” उनले भने, “जनताको ओनरसिप बढ्यो भने माया पनि बढ्छ।”

उनले सरकारी कम्पनी भनेर हेर्ने दृष्टिकोण फरक भएको भन्दै यसलाई अपनत्व गर्ने किसिमले शेयर बढाईने बताए।

हाल नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको र बाँकी ८ प्रतिशत सर्वसाधारणको रहेको छ। सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्वलाई बढाएर सरकारले २५ प्रतिशत पुर्याउन लागिएको हो।

Sajilo Visa

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार