Technology Khabar २२ माघ २०८१, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर नयाँ सेवाको घोषणा गरेको छ। कम्पनीले आजदेखि भीओवाईफाई नामक सेवाको व्यवसायिक शुरुवात गरेको हो।
हाललाई नेपाल भित्रवाट यो सेवा प्रयोग गर्दा साबिक प्याकेजहरुको भ्वाईस/ एसएमएस रिसोर्सेज तथा पे एज यू गो (Pay As You Go) बराबर सेवा शुल्क लाग्नेछ भने नेपाल बाहिर बाट सेवा प्रयोग गर्दा इन्कमिङ्ग कल निशुल्क तथा आउटगोईङ्गको ३ रुपैयाँ प्रतिमिनेट शुल्क लाग्ने जानकारी दिईयो।
संचार तथा सूचना प्रविधि मन्त्रि पृथ्वी सुब्बा गुरुङले आजकै दिनदेखि भीओवाईफाई (vowifi) सेवा व्यावसायिक रुपमा उद्घाटन गरेसँगै संचालनमा आएको छ।
के हो भीओवाईफाई ?
टेलिकमकाअनुसार यस प्रविधि मार्फत भीओवाईफाई सपोर्ट (VoWiFi Support) गर्ने र भोल्टे (VOLTE) सेवा एक्टिभ भएको जुनसुकै मोबाइल फोनबाट देश भित्र तथा देश वाहिरबाट वाईफाई नेटवर्क मार्फत नेपाल टेलिकमकै मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिनेछ।
VoWiFi (भ्वाइस ओभर वाइ-फाइ) एक सेवा हो जसले प्रयोगकर्ताहरूलाई सेलुलर नेटवर्कको सट्टा वाई-फाईमार्फत भ्वाइस कल गर्न, टेक्स्ट म्यासेज पठाउन र भिडियो कल गर्न अनुमति दिन्छ। यसलाई वाईफाई कलिङ पनि भनिन्छ।
भीओवाईफाईले प्रयोगकर्ताहरूलाई मोबाइल सिग्नल नभएको बेला पनि कल गर्न अनुमति दिन्छ। यो मोबाइल अपरेटरहरूको लागि सेवाग्राहीका व्यवसायिक भवनहरु भित्र सेवाहरू प्रदान गर्ने सस्तो तरिका हो।
भोल्टे ती व्यक्तिहरूका लागि उपयुक्त छ जसलाई छिटो र भरपर्दो सञ्चार चाहिन्छ, किनकि यसले छिटो कल सेटअप समय र राम्रो विश्वसनीयता प्रदान गर्दछ।
तर भीओवाईफाई ती व्यवसायहरूका लागि उपयुक्त हो जससँग भरपर्दो इन्टरनेट जडानको पहुँच छैन वा जो आफ्नो फोन बिलमा पैसा बचत गर्न खोजिरहेका छन्।
भीओवाईफाईले मोबाइल फोनको लागि सेलुलर सिग्नलहरू कमजोर भएका ठाउँहरूमा बलियो वाईफाई कनेक्सनको फाइदा दिन्छ। यसमार्फत गरिने कलहरुमा मानक सेलुलर कलहरूको तुलनामा कम डाटा प्रयोग हुन्छ। यो प्रविधिले परम्परागत मोबाइल नेटवर्कहरू पुग्न नसक्ने ठाउँहरूमा भ्वाइस कलिङ बढाउँछ।
प्रकाशित: २२ माघ २०८१, मंगलवार