ताइवानले सबै सरकारी विभागहरूमा डीपसिकको एआई सेवा प्रयोगमाथि लगायो प्रतिबन्ध

Technology Khabar २२ माघ २०८१, मंगलवार

ताइवानले सबै सरकारी विभागहरूमा डीपसिकको एआई सेवा प्रयोगमाथि लगायो प्रतिबन्ध
Global IME Bank

काठमाडौं ।

ताइवानले सोमबार चिनियाँ स्टार्टअप डीपसिकको एआई सेवा प्रयोगलाई सुरक्षा जोखिम भन्दै सरकारी विभागहरूमा प्रतिबन्ध लगाएको छ। यो निर्णय गत हप्ता गरिएको सल्लाहलाई थप कडा बनाउँदै आएको हो जसमा उक्त सेवा प्रयोग गर्न नहुने बताइएको थियो।

लोकतान्त्रिक रूपमा शासित ताइवानले लामो समयदेखि चिनियाँ प्रविधिप्रति सतर्कता अपनाउँदै आएको छ। बेइजिङले ताइवानमाथि सार्वभौमिक दावी गर्नुका साथै ताइपेई सरकारविरुद्ध सैन्य र राजनीतिक धम्की दिने गरेको छ।

रोयटर्सका अनुसार क्याबिनेट बैठकमा ताइवानका प्रधानमन्त्री चो जुङ-ताइले देशको सूचना सुरक्षालाई सुनिश्चित गर्न डीपसिकलाई सबै सरकारी निकायहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको बताएको उनको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

डीपसिकमा सेन्सरसिपको चिन्ता र डाटा चीनमा पुग्न सक्ने जोखिम पनि रहेको विज्ञप्तिमा उल्लेख छ। ताइवानको डिजिटल मन्त्रालयले शुक्रबार मात्र सरकारी विभागहरूले डीपसिक प्रयोग गर्न नहुने बताएको थियो तर प्रतिबन्ध लगाइएको भने खुलेर भनेको थिएन।

दक्षिण कोरिया, फ्रान्स, इटाली र आयरल्याण्ड लगायत अन्य देशका अधिकारीहरूले पनि डीपसिकले व्यक्तिगत डाटाको प्रयोगबारे अनुसन्धान गरिरहेका रोयटर्सले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार