सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा सूचीकृत हुनका लागि सरकारले गर्यो पुनः आग्रह

Technology Khabar २१ माघ २०८१, सोमबार

सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा सूचीकृत हुनका लागि सरकारले गर्यो पुनः आग्रह
Global IME Bank

काठमाडौं ।

सरकारले सामाजिक सञ्जालहरुलाई नेपालमा सूचीकृत हुनका लागि पुनः आव्हान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल भित्र सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन भनेको हो।

जारी गरिएको सूचनाअनुसार, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनि वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै ती शर्तहरु अनिवार्य पालना गर्न निर्देशन दिएको हो।

यसैगरी मन्त्रालयले सोही निर्देशिकाको दफा ६ मा उल्लिखित व्यक्ति, कम्पनि वा संस्थाले नेपाल भित्र सम्पर्क बिन्दु ( Point of Contact), आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

यसै अनुरुप काम गर्न र त्यसबाहेक नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट पारित भएको सामाजिक सञ्जाल प्लेटफर्महरुले गर्नुपर्ने कामहरुको सूचीअनुरुप सुनिश्चितता गर्न गराउन मन्त्रालयले सम्बन्धित सबैलाई निर्देशन दिएको छ।

यस्ता छन् शर्तहरु:

१. नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुयाउने

२. सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने

३. शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्ने गरी डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्ने

४. नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ् एवम् मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लिलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पुर्याउने।

सो निर्देशिकाअनुसारका प्रावधानहरु सबै सरोकारबालाहरुले पालना गर्न र सरकारसँग सहकार्य गर्न भनिएको छ।

Sajilo Visa

प्रकाशित: २१ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार