ओपनएआईले प्रस्तुत गर्यो ओ३–मिनी मोडल: गति, बुद्धिमता र दक्षताका साथ चिनियाँ डीपसिकलाई छायाँमा पार्ने!

Technology Khabar २१ माघ २०८१, सोमबार

ओपनएआईले प्रस्तुत गर्यो ओ३–मिनी मोडल: गति, बुद्धिमता र दक्षताका साथ चिनियाँ डीपसिकलाई छायाँमा पार्ने!
Global IME Bank

काठमाडौं ।

ओपनएआईले भर्खरै ओ३–मिनी मोडल लन्च गरेको छ जुन पहिलेभन्दा  अझ छिटो, स्मार्ट र अधिक कुशल रहेको उल्लेख गरिएको छ।

एडभान्स्ड रिजनिङ, सुधारिएको सटिकता र डीपसिकभन्दा राम्रो पर्फमेन्सको साथ ओपनएआई ओ३ गणितीय, वैज्ञानिक, र कोडिङ कार्यहरूको लागि डिजाइन गरिएको उल्लेख गरिएको छ।

सशुल्क प्रयोगकर्ताहरूका लागि विस्तारित प्रतिबन्धहरू सहित निःशुल्क रूपमा सबैका यसको पहुँच प्रदान गरिएको छ। यो मोडेल समस्या समाधानमा धेरै उन्नत रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

यसले चिनियाँ स्टार्टअप डीपसिकलाई एक्यूरेसी, इफिसियन्सी र रेस्पोन्स स्पिडमा पराजित गरेको रिपोर्ट गरिएको छ।

त्यसैगरी यो गणित, कोडिङ, र लजिकल रिजनिङजस्ता क्षेत्रहरूमा अघिल्लो मोडेलहरूको तुलनामा बलियो भएको भनिन्छ।

अन्य चीजहरू बीच, यसको व्यापक पहुँच रहेको उल्लेख गरिएको छ। यो निःशुल्क च्याटजीपीटी प्रयोगकर्ताहरू र प्लस/प्रो सदस्यहरूका लागि उपलब्ध रहेको छ।

ओपनएआईको मालिक साम अल्टम्यानले एक्समा एउटा पोस्टमा यो उन्नत मोडेलको लन्चको बारेमा घोषणा गरिएको उल्लेख छ।

“ओ३–मिनी इज आउट! फास्ट, स्मार्ट मोडेल। च्याटजीपीटी र एपीआईमा उपलब्ध” अल्टम्यानले लेखेर एक्समा पोस्ट गरेको टेलीग्राफीले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २१ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया