ट्रम्प फर्किएपछि जुकरबर्ग आशावादी

Technology Khabar २१ माघ २०८१, सोमबार

ट्रम्प फर्किएपछि जुकरबर्ग आशावादी
Global IME Bank

काठमाडौं ।

प्रविधि कम्पनी मेटाले गत वर्षको चौथो त्रैमासिकको र सन् २०२४ (पूर्ण वर्ष) को नतिजा प्रकाशित गरेको छ। उक्त प्रकाशित नतिजाले बजारको अपेक्षालाई नाघेको उल्लेख गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा पुनरागमनको बारेमा सीईओ मार्क जुकरबर्ग आशावादी भएको व्यक्त गरेका छन्।

“हामीसँग अब हाम्रा प्रमुख कम्पनीहरूमा गर्व गर्ने अमेरिकी प्रशासन छ, जसले अमेरिकी प्रविधिको सफलतालाई प्राथमिकता दिन्छ र यसले विदेशमा हाम्रा मूल्यमान्यता र चासोहरूको रक्षा गर्नेछ” जुकरबर्गले लगानीकर्ताहरूसँग आय विवरण प्रस्तुत गर्ने क्रममा बताए।

यो अवस्थाले ठूलो प्रगति र नवीनता ल्याउन सक्ने जुकरबर्गले उल्लेख गरेको सीएनबिसीले रिपोर्ट गरेको छ।

सन् २०२४ को चौथो त्रैमासिकमा मेटाको राजस्व गत वर्षको तुलनामा २१ प्रतिशतले बढेको र ४८.३९ बिलियन अमेरिकी डलरमा पुगेको बताइएको छ। साथै प्रति शेयर ८.०२ अमेरिकी डलर आयको साथ नाफा ४९ प्रतिशतले बढेर २०.८ बिलियन अमेरिकी डलरमा पुगेको छ।

एलएसईजीका विश्लेषकहरूले त्रैमासिकको लागि ४७.०४ बिलियन अमेरिकी डलर राजस्व र ६.७७ अमेरिकी डलरको प्रति शेयर आयको अपेक्षा गरेका थिए।

मेटाले चालु वर्षको पहिलो त्रैमासिकमा यसको राजस्व ३९.५ बिलियन अमेरिकी डलर र ४१.८ बिलियन अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको छ जुन लगभग बजार अपेक्षाहरूसँग मिल्दोजुल्दो भएको उल्लेख गरिएको छ।

कम्पनीका सीएफओ सुसान लीले कम्पनीको मेटा एआई च्याटबटले ७०० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू पार गरिसकेको र जुकरबर्गले यो संख्या सन् २०२५ सम्ममा एक अर्ब पुग्ने आशा राखेको घोषणा गरेका छन्।

मेटामा हाल ७४,०६७ कर्मचारी रहेका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको कम्पनीको वेबसाइटमा प्रकाशित प्रतिवेदनले देखाएको टेलीग्राफीले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २१ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार