
काठमाडौं ।
नेपालभरी इन्टरनेट सेवामा समस्या आएको छ।
छिमेकी देश भारतबाट आयात हुँदै गरेको ब्याण्डविथमा समस्या आएसँगै नेपालभर इन्टरनेट सेवामा समस्या आएको बताईएको छ।
यसअघि सरकारले ब्याण्डविथ आयात गरेबापत भारतीय कम्पनीहरुलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम भुक्तानी गर्नका लागि विदेशी मुद्राको सिफारिस नदिँदा समस्या आएको आशंका गरिएको छ।
प्रमुख इन्टरनेट सेवा प्रदायकहरुको सेवामा समस्या आएको देखिएको छ।
सो बारेमा जानकार स्रोतले एयरटेलको फाइबर डाउन भएको जानकारी दिएको छ।
“सबै सेवा प्रदायकहरुको सेवामा समस्या देखिएको छ। एयरटेलको फाइबर डाउन भएको बताईएको छ,” स्रोतले भन्यो, “तर यसमा प्राविधिक समस्या हो वा रकम नतिरेको कारण काटिएको भन्ने थाहा छैन्।”
यस बारेमा थप विवरण आएसँगै थप अपडेट गर्नेछौं।
प्रकाशित: २० माघ २०८१, आईतवार