भारतीय बजेट २०२५: मोबाइल र स्मार्ट टिभी सस्तो हुने, लिथियम ब्याट्रीको मूल्य पनि घट्ने

Technology Khabar १९ माघ २०८१, शनिबार

भारतीय बजेट २०२५: मोबाइल र स्मार्ट टिभी सस्तो हुने, लिथियम ब्याट्रीको मूल्य पनि घट्ने
सांकेतिक तस्विर
Global IME Bank

काठमाडौं ।

भारतमा सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत मोबाइल फोन सेक्टरमा राहत दिईएको छ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी छिन्। यसमा उनले आम जनतालाई राहत प्रदान गर्न धेरै कदम चाल्ने घोषणा गरेकी भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

सीतारमणले मोबाइल फोनमा प्रयोग हुने कम्पोनेन्टहरूमा कर छुटको घोषणा गरेकी छिन्। यसले स्मार्टफोनको मूल्य घटाउनेछ र ग्राहकहरूले नयाँ फोन लिन कम पैसा तिर्नु पर्नेछ। यसबाहेक, खुला बिक्रीमा आधारभूत भन्सार शुल्कलाई ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत मात्र बनाइएका कारण एलसीडी र एलईडी टिभीको मूल्य पनि घट्नेछ।

कम्पनीहरूले माग गरिरहेका थिए

भारतमा, स्मार्टफोन कम्पनीहरूले लामो समयदेखि सरकारसँग राहतको माग गरिरहेका थिए। बजेट आउनुअघि पनि कम्पनीहरूले सरकारसमक्ष यही माग दोहोर्याएका थिए। सरकारले बजेटमा यी कम्पनीहरूलाई राहत दिएको छ।

त्यस्तै इलेक्ट्रोनिक्स वस्तुहरूमा लाग्ने भन्सार घटाउन माग गरिएको थियो। सरकारले यो माग पनि स्वीकार गरेको छ र शुल्क घटाईएको छ, जसले भारतमा एलसीडी र एलईडी टिभीको मूल्य घट्नेछ।

ब्याट्री उत्पादनमा जोड

आफ्नो भाषणमा, भारतीय अर्थमन्त्री सीतारमणले विद्युतीय सवारी साधन (ईभी) ब्याट्री निर्माणको लागि ३५ एडिशनल क्यापिटल गुड्स र मोबाइल फोन ब्याट्री निर्माणको लागि २८ एडिशनल क्यापिटल गुड्स प्रस्ताव गरिन्। यसमा लिथियम-आयन ब्याट्रीका घरेलु निर्माताहरू समावेश हुनेछन्। यसले देशमा मोबाइल ब्याट्री उत्पादन लागत घटाउनेछ, जसको प्रत्यक्ष फाइदा ग्राहकहरूलाई हुने रिपोर्टमा भनिएको छ।

भारतले स्मार्टफोन आयात घटायो

बजेटअघि जारी गरिएको आर्थिक सर्वेक्षणले भारतले स्मार्टफोन आयातमा आफ्नो निर्भरता धेरै हदसम्म घटाएको खुलासा भएको छ। अहिले ९९ प्रतिशत स्मार्टफोनहरू स्वदेशमै उत्पादन भइरहेका छन्।

आर्थिक वर्ष २०२४ मा भारतमा ३३ करोड मोबाइल युनिट निर्माण भएका थिए। यी मोडेलहरू मध्ये ७५ प्रतिशत फाइभजी सक्षम थिए। केही दिन अघि, यो वर्ष भारतको स्मार्टफोन बजारले ५० अर्ब डलरको मूल्य नाघ्ने रिपोर्ट आएको थियो।

Sajilo Visa

प्रकाशित: १९ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार