विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप तथा प्रिन्टर वितरण

Technology Khabar १३ माघ २०८१, आईतवार

विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप तथा प्रिन्टर वितरण
Global IME Bank

काठमाडौं ।

मकवानपुरको बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपी मेसिनसहितको प्रिन्टर प्रदान गरिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को उपकरण सहयोग कार्यक्रमबाट बकैया गाउँपालिका बडा नं ११ स्थित विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेसिन प्रदान गरिएको हो। गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटपसहितको उपकरण हस्तान्तरण गरे।

बकैया गापा-११, रामलटार स्थित प्रगतिशील प्रावि, आडालडाँडा स्थित बुद्ध प्रावि, नोरोस्थित लाल किरण प्रावि पिपलडाँडा बेंसीस्थित बाघ भैरव प्रावि र बकैया गापा ११ सिमातस्थित स्वास्थ्य चौकीलाई एक/एक थान गरी पाँच वटा ल्यापटप प्रदान गरिएको बकैया गाउँपालिका-११ का वडाध्यक्ष गोपालबहादुर लामाले जानकारी दिए। उनका अनुसार वडाको प्रगतिशील प्राविलाई एक थान फोटोकपीसहितको प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: १३ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार