यो वर्ष कम्तीमा एउटा नयाँ आईप्याड प्रो लन्च गर्ने योजनामा एप्पल

Technology Khabar ११ माघ २०८१, शुक्रबार

यो वर्ष कम्तीमा एउटा नयाँ आईप्याड प्रो लन्च गर्ने योजनामा एप्पल
Global IME Bank

काठमाडौं ।

एप्पलले गत मे महिनामा ओएलईडी डिस्प्लेको साथ दुईवटा आईप्याड प्रो लन्च गरेको थियो। अब क्युपर्टिनो–आधारित टेक जायन्टले यस वर्ष कम्तिमा एउटा नयाँ ओएलईडी आईप्याड प्रो लन्च गर्ने योजना गरिरहेको सुन्नमा आएको छ।

दक्षिण कोरियाली पब्लिकेशन द इलेकबाट आएको यो जानकारीले नयाँ ओएलईडी आईप्याड प्रो थोरै मात्र परिमार्जित हुने भएकोले यो गत वर्षको मोडेल जस्तै देखिने दावी गरेको छ। एप्पलले सन् २०२४ मा ११ इन्चको स्क्रिन (८,१६० एमएएच ब्याट्री) र अर्को १३ इन्चको डिस्प्ले (१०,२९० एमएएच सेल) भएको दुईवटा ओएलईडी आईप्याड प्रो लन्च गरेको थियो।

त्यसैगरी स्रोतले दक्षिण कोरियाको एलएक्स सेमिकनले नयाँ ओएलईडी आईप्याड प्रो प्यानलहरूका लागि डिस्प्ले ड्राइभरहरू आपूर्ति गर्न सक्ने र डिभाइसका कम्पोनेन्टहरू अप्रिल वा मे महिनामा ठूलो उत्पादनमा प्रवेश गर्न सक्ने दावी गरेको छ।

एप्पलले ए१७ प्रो चिपको साथ दुईवटा नयाँ इन्ट्री–लेभल आईप्याडहरू लन्च गर्ने योजना बनाइरहेको र तिनीहरुसँग हेल्ममा एम४ चिप हुने अपेक्षा गरिएको नयाँ आईप्याड एयर मोडेलहरू जोडिने छन् भनि गत हप्ता सुन्नमा आएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ११ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार