Technology Khabar ११ माघ २०८१, शुक्रबार
काठमाडौं ।
सामसङले आफ्नो ग्यालेक्सी एस२५ सिरिज बुधबार घोषणा गरेको छ। यसैगरी गोरिल्ला ग्लास निर्माता कोर्निङले पनि आफ्नो नयाँ गोरिल्ला आर्मर २ सार्वजनिक गरेको छ। यो सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा प्रयोग गरिएको छ।
जीएसएमएरिनाका अनुसार ग्यालेक्सी एस२४ अल्ट्रामा प्रयोग गरिएको मूल गोरिल्ला आर्मरसँग तुलना गर्दा, दोस्रो पुस्ताको यस ग्लासले अझ बलियो बनावट र उत्कृष्ट स्पष्टता प्रदान गर्दछ। यसको एन्टि-रिफ्लेक्टिभ गुणका कारण, यो “भित्र र बाहिरका कुनै पनि प्रकाश सेटिङमा सतह प्रतिबिम्बलाई उल्लेखनीय रूपमा घटाउन सक्छ,” कोर्निङले बताएको छ।
यसबाहेक एन्टि-रिफ्लेक्टिभ गुणहरूले “विभिन्न प्रकाश परिस्थितिमा डिस्प्लेको कन्ट्रास्ट अनुपात सुधार गर्न सक्छ।” गोरिल्ला आर्मर २ “एन्टि-रिफ्लेक्टिभ कोटिङ भएका प्रतिस्पर्धी लिथियम-एल्युमिनोसिलिकेट कभर ग्लासहरूको तुलनामा चार गुणा बढी स्क्र्याच प्रतिरोधी” रहेको कर्निङको भनाइ छ।
कर्निङको प्रयोगशालामा गरिएको परीक्षणअनुसार, गोरिल्ला आर्मर २ ले “कंक्रीट जस्तो सतह” मा २.२ मिटर (७.२ फिट) को उचाइबाट खसाल्दा पनि बचाउन सफल भएको छ।
कम्पनीले बताए अनुसार “वैकल्पिक सेरामिक ग्लास सामग्रीहरू” १ मिटर (३.२ फिट) बाट खसाल्दा नै असफल भए, तर ती वैकल्पिक सामग्रीहरूको नाम उल्लेख गरिएको छैन।
गोरिल्ला आर्मर २ स्क्र्याच र ड्रप प्रतिरोधी मात्र नभई यसले एन्टि-रिफ्लेक्टिभ गुणसमेत प्रदान गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ११ माघ २०८१, शुक्रबार