ओप्पो फाइन्ड एन५ मा ८० वाटको वायर्ड चार्जिङ र स्याटेलाइट कनेक्टिभिटी समावेश गरिने

Technology Khabar १० माघ २०८१, बिहीबार

ओप्पो फाइन्ड एन५ मा ८० वाटको वायर्ड चार्जिङ र स्याटेलाइट कनेक्टिभिटी समावेश गरिने
Global IME Bank

काठमाडौं ।

ओप्पोको आगामी अल्ट्रा–स्लिम फोल्डेबल फाइन्ड एन५ ले ५० वाट चार्जिङ र आईपीएक्स९ वाटर रेसिस्टेन्स समर्थन गर्ने पहिले नै पुष्टि भइसकेको छ। अब डिभाइसको वायर्ड चार्जिङ स्पिड (गति) को बारेमा थप विवरणहरू बाहिरिएको छ।

डिभाइसलाई चीनको थ्रीसी एजेन्सीले प्रमाणित गरेको बताइएको छ र यो डिभाइस स्थानीय बजारका लागि दुई संस्करणमा उपलब्ध हुने खुलासा गरेको छ।

स्ट्याण्डर्ड फाइभजी संस्करण (पीकेएच११०) लाई स्याटेलाइट कनेक्टिभिटी सहितको (पीकेएच१२०)संस्करणले समावेब गर्ने उल्लेख छ। साथै दुवै संस्करणहरूले ८० वाट वायर्ड चार्जिङलाई समर्थन गर्नेछ जुन फाइन्ड एन३ को ६७ डब्ल्यू  स्पिडमा सामान्य अपग्रेड भएको बताइएको छ।

ओप्पो फाइन्ड एन५ क्वालकमको स्न्यापड्रागन ८ एलिट, पेरिस्कोप टेलिफोटो सेन्सर सहित तीनवटा ५० मेगापिक्सेलको रियर क्यामरा र ५,६०० एमएएच ब्याट्रीसँग लन्च हुने अपेक्षा गरिएको छ।

साथै यो डिभाइस चीन बाहिर वानप्लस ओपन २ को रूपमा लन्च गरिने अफवाह रहेको छ। ओप्पोले चीनमा आगामी फेब्रुअरी महिनामा फाइन्ड एन५ लन्च गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १० माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार