Technology Khabar ९ माघ २०८१, बुधबार
काठमाडौं ।
सामसङले आफ्नो स्मार्टफोनहरूमा ग्यालेक्सी एआईलाई प्रस्तुत गरेको थियो र अब जेनेरेटिभ एआईले इन्टरएक्टिभ (अन्तरक्रियात्मक) डिस्प्लेहरूमा आफ्नो बाटो बनाइरहेको छ।
कम्पनीले आफ्नो डब्ल्यूएएफएक्स–पी मोडेलहरूले अब हामीले स्मार्टफोनहरूमा देखेका सर्कल टु सर्च, एआई समरी र लाइभ ट्रान्सक्रिप्ट जस्ता मुख्य सुविधाहरूलाई समर्थन गर्ने खुलासा गरेको छ।
सामसङ एआई एसिस्टेन्ट भनिने यो सेवा शिक्षा–केन्द्रित डिस्प्लेहरूमा उपलब्ध हुने र यसले कक्षाकोठाका ब्ल्याकबोर्ड बदल्ने लक्ष्य राखेको उल्लेख गरिएको छ।
सामसङ इलेक्ट्रोनिक्समा भिजुअल डिस्प्ले व्यवसायका कार्यकारी भीपी हुन चुङ्गले यो सिकाइ बढाउने सुविधा मात्र नभएर यसले सिकाइमा “क्रान्ति” गरिरहेको बलियो दावी गरेको छ।
सर्कल टु सर्चले तुरुन्तै विश्वसनीय स्रोतहरूबाट खोज परिणामहरू डेलिभर गर्नेछ र यसले हामीलाई थाहा भए अनुसार काम गर्नेछ र त्यसको लागि केवल टेक्स्ट वा ईमेजहरू वरिपरि सर्कल कोर्नु पर्नेछ।
एआई समरीले लेसन (पाठ) हरू रिक्याप गर्दछ जसले शिक्षकलाई पाठ–पछि समीक्षाहरू सरल बनाउन सजिलो बनाउनेछ। त्यसैगरी लाइभ ट्रान्सक्रिप्टले विद्यार्थीहरूलाई सजिलो बनाउनको लागि बोल्ने शब्दलाई रियल–टाइममा पाठमा रूपान्तरण गर्ने बताइएको छ।
एआई सुविधाहरू भएको डब्ल्यूएएफएक्स–पी लाइनअप ६५–इन्च, ७५–इन्च र ८६–इन्च विकल्पहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ। साथै त्यहाँ प्रति सेकेन्ड ४.८ ट्रिलियन अपरेशनहरू गर्न सक्ने एनपीयू रहेको बताइएको छ भने डिभाइसमा १६ जीबी र्याम, १२८ जीबी स्टोरेज र एउटा अज्ञात अक्टा–कोर सीपीयू पनि हुने उल्लेख गरिएको छ।
त्यसैगरी प्यानलमा ४५० निट्स अधिकतम ब्राइटनेस (चमक), भिडियो लेसन (पाठ) र कन्फ्रेन्स (सम्मेलन) कलहरूको लागि फोरके क्यामरा, एक माइक्रोफोन र २०–वाटको स्पिकर रहेको बताइएको छ।
स्क्रिनको ओएस एन्ड्रोइड १५ मा आधारित रहेको र यसले स्मार्ट नोट–अन जस्ता केही सफा सुविधाहरू प्रदान गर्ने बताइएको छ जसले हस्तलेखन र डिजिटल सामग्री बीच सजिलो ट्रान्जिसनलाई अनुमति दिनुका साथै फाइल कन्भर्टरले डिस्प्लेमा मिडिया खपतलाई सरल बनाउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ माघ २०८१, बुधबार