Technology Khabar ९ माघ २०८१, बुधबार
काठमाडौं ।
चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी (इलेक्ट्रिक भेहिकल–ईभी) निर्माता बीवाईडीले भारतको ईभी बजारमा महत्त्वपूर्ण प्रगति गरिरहेको बताइएको छ।
नयाँ दिल्लीमा आयोजित ‘२०२५ भारत मोबिलिटी ग्लोबल एक्स्पो’ मा बीवाईडीले आफ्नो महत्वाकांक्षी विस्तार योजनाहरूको भागको रूपमा आफ्नो नवीनतम इलेक्ट्रिक एसयूभी ‘सीलायन ७’ अनावरण गरेको छ।
बीवाईडी सीलायन ७ एसयूभीः
पूर्ण विद्युतीय एसयूभी बीवाईडी सीलायन ७ कार्यक्रमको मुख्य आकर्षण भएको उल्लेख गरिएको छ। समुद्र–प्रेरित सौन्दर्यको साथ डिजाइन गरिएको एसयूभीले लक्जरी (विलासिता), उन्नत प्रविधि र दिगोपनलाई संयोजन गरेको उल्लेख छ।
सीलायन ७ को लागि रिजर्भेसनहरू सन् २०२५ को जनवरी १८ तारिखदेखि ७०,००० भारतीय रुपैयाँको डिपोजिट मूल्यको साथ बुकिङ खोलिएको उल्लेख छ। यद्यपि अन्तिम मूल्य भने सन् २०२५ को फेब्रुअरी १७ तारिखमा घोषणा गरिने बताइएको छ।
साथै सीलायन ७ को डेलिभरीहरू सन् २०२५ को मार्च महिनामा सुरु हुने अपेक्षा गरिएको छ। फेब्रुअरी १७ तारिख अघि बुक गर्ने ग्राहकहरूले पहिलो ७० बुकिङहरूको लागि निःशुल्क ७ किलोवाटको होम चार्जर र प्रारम्भिक डेलिभरी लगायतका लाभहरू प्राप्त गर्ने उल्लेख गरिएको छ।
मुख्य विशेषताहरुः
भेरियन्ट र पर्फमेन्स विवरणहरूः
सीलायन ७ प्रिमियम (आरडब्ल्यूडी) र पर्फमेन्स (एडब्ल्यूडी) गरी दुई भेरियन्ट (संस्करणहरू) मा उपलब्ध हुनेछन्। दुबै भेरियन्टहरू ८२.५६ केडब्ल्यूएच ब्लेड ब्याट्रीद्वारा सञ्चालित हुने बताइएको छ जुन आफ्नो सुरक्षा, स्थायित्व र दक्षताका लागि परिचित रहेको उल्लेख गरिएको छ।
प्रिमियम भेरियन्टले ५६७ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ भने पर्फमेन्स भेरियन्टले ५४२ किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने उल्लेख गरिएको छ। साथै पर्फमेन्स मोडेलले मात्र ४.५ सेकेन्डमा ०–१०० किमी/घन्टाको गति लिन सक्ने उल्लेख गरिएको छ।
सीलायन ७ को उन्नत प्रविधिहरू जस्तै सीटीबी (सेल टु बडी) इन्टिग्रेसनले सुरक्षा र केबिन स्पेस वृद्धि गर्दछ भने भीटीओएल (भेहिकल टु लोड) क्षमताले एसयूभीले पोर्टेबल पावर स्टेशनको रूपमा काम गर्न सक्ने उल्लेख गरिएको छ। थप रूपमा, आईटीएसी (इन्टेलिजेन्स टर्क एडापटेशन कन्ट्रोल) प्रणालीले उत्कृष्ट ह्यान्डलिंग र स्थिरता सुनिश्चित गर्ने बताइएको छ।
भारतको लागि बीवाईडीको विस्तार योजनाहरूः
बीवाईडीले भारतमा आफ्नो उपस्थिति विस्तार गर्नतर्फ पनि ध्यान केन्द्रित गरिरहेको छ। कम्पनीले थप वृद्धिको योजनाको साथ २०२५ को जनवरी महिनाको अन्त्य सम्ममा ४० डिलरशिपहरू स्थापना गर्ने लक्ष्य राखेको छ।
भारतमा बीवाईडीको विद्युतीय यात्रुवाहक सवारी व्यवसायका प्रमुख राजीव चौहानले दिगो गतिशीलता र अत्याधुनिक उत्पादनहरूप्रति कम्पनीको प्रतिबद्धतालाई जोड दिएका छन्।
एक्स्पोमा, बीवाईडीले एम्फिबियस क्यापाबिलिटिहरू सहितको एक लक्जरी अफ–रोड एसयूभी ‘याङवाङ यू८’ र पहिले लन्च गरिएको एट्टो ३ एसयूभी र सील सेडान जस्ता मोडेलहरूका साथ अन्य मोडलहरू पनि प्रदर्शन गरेको उल्लेख छ।
यसैगरी कम्पनीले बिजुली र पेट्रोल प्रोपल्सनको संयोजन प्रदान गर्ने बीवाईडीको डुअल मोड इन्टेलिजेन्स टेक्नोलोजीको विशेषता रहेको प्लग–इन हाइब्रिड एसयूभी सीलायन ६ पनि प्रस्तुत गरेको उल्लेख छ।
बीवाईडी विद्युतीय सवारी (इलेक्ट्रिक भेहिकल–ईभी) को नेतृत्व गर्दै भारतीय सडकहरूमा चिनियाँ ईभीकहरूको एक प्रमुख उपस्थिति बनाउनका लागि तयार भएको बताइएको छ।
सीलायन ७ को लन्चले भारतीय ग्राहकहरूका लागि उन्नत, दिगो र लक्जरी ईभी विकल्पहरूतर्फ परिवर्तन हुने सङ्केत गर्दछ। बीवाईडीले आफ्नो सञ्जाल विस्तार गर्दै नवीन सवारीसाधनहरू प्रस्तुत गर्दा भारतको ईभी बजार महत्त्वपूर्ण परिवर्तनको लागि तयार भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ माघ २०८१, बुधबार